कृषि, खनिज र पर्यटनबाट नै समृद्धी

बुद्धी पुन ।
सल्यान, २२ माघ (रेडियो राप्ती) । कर्णाली प्रदेशका व्यवसायीहरुले कृषिवस्तु, खनिज र पर्यटनको माध्यमबाट नै समृद्धी सम्भव भएको बताएका छन् ।
कर्णाली प्रदेशमा उत्पादन हुने कृषिवस्तु, खानी तथा खनिज र पर्यटन क्षेत्रको विकास गरिए समृद्धी सम्भव हुने व्यवसायीहरुले बताएका छन् ।
सल्यान उद्योग बाणिज्य संघ सल्यानको ९ औँ बार्षिक साधारणसभा तथा रजत जयन्तीका अवसरमा श्रीनगरमा आयोजित कार्यक्रममा नेपाल उद्योग बाणिज्य महासंघ कर्णाली प्रदेशका अध्यक्ष पदम बहादुर शाहीले टिमुर, अदुवा, आलु, सुन्तला, बेमौसमी तरकारी, खानी तथा खनिज र पर्यटनका थुप्रै सम्भावना भएपनि उपर्युक्त बजारीकरण नहुदाँ समस्या भएको बताउनुभयो ।
उहाँले सरकारले लगानी मैत्री बातावरण सिर्जना गर्नुपर्नेमा जोडसमेत दिनुभएको छ । उहाँले नेपालमा लगानी गर्ने थुप्रै क्षेत्रहरु रहेका र सरकारले स्वदेशी तथा बिदेशी लगानीकर्तालाई लगानी गर्ने खालको बातावरण सिर्जना गर्नुपर्ने बताउनुभयो । उहाँले कर्णालीको बिकासका लागी सक्दो लगानी गर्न निजि क्षेत्र तयार भएको बताउनुभएको छ ।