सुर्खेत, ३ जेठ (जागरण) । सुर्खेतको वीरेन्द्रनगरमा आजदेखि कर्णालीमा अहिलेसम्मकै सर्वा्धिक पुरस्कार राशिको कर्णाली प्रिमियर लिग (केपिएल) प्रतियोगिता हुँदैछ ।
बन्धुविकास सहकारी संस्थाको आयोजनामा आजदेखि प्रतियोगिता हुन लागेको हो । प्रतियोगिताको उद्घाटन खेल आज बिहान साढे ११ बजे भेरीगंगा स्पोट्र्स क्लब र टीकापुर क्रिकेट क्लबबीच हुनेछ । प्रतियोगिताको उद्घाटन प्रदेश प्रमुख दुर्गाकेशर खनालले गर्नुहुनेछ ।
प्रतियोगितामा त्रिभुवन आर्मी क्लब, रुपन्देही–११, महाकाली क्रिकेट क्लब, काठमाडौं क्रिकेट ट्रेनिङ सेन्टर, एबिसि क्लब, धनगढी क्रिकेट एकेडमी, रोयल राइजिङ क्रिकेट क्लब, मध्यपश्चिम क्रिकेट क्लब, भेरीगंगा स्पोर्ट्स क्लब र टीकापुर क्रिकेट क्लब गरी १० टिमले सहभागिता जनाउँदै छन् ।
प्रतियोगिताको विजेताले ३ लाख, उपविजेताले १ लाख ५० हजार रुपैयाँ नगद पुरस्कारसहित ट्रफी पाउनेछन् ।
प्रत्येक खेलको म्यान अफ द म्याचले २ हजार ५ सय रुपैयाँ नगद प्राप्त गर्ने छन् भने प्रतियोगिताको उत्कृष्ट खेलाडीले २५ हजार र उत्कृष्ट बलर तथा ब्याट्सम्यानले १०÷१० हजार रुपैयाँसहित ट्रफी प्राप्त गर्ने प्रतियोगिताका संयोजक रेशम शाहीले जानकारी दिनुभयो । प्रतियोगिता जेठ १२ गतेसम्म सञ्चालन हुनेछ ।