खड्क सुनार ।
मुगु, २६ माघ (रेडियो सौर्यदय) । पछिल्लो समय मुगुका कृषक तरकारी खेतिमा आर्कषित हुन थालेका छन् ।
मुगु सदरमुकाम गमगढी बजार आसपासका भामबाडा कार्कीबाडा, ढुम, काला पाल्त, ताल्चा, हिन्दीकाध, निगाले र फुलीका स्थानिय कृषकहरु तरकारी खेतीमा आकर्षित भएका हुन् ।
पहिला खेती गरे पनि बजारमा पहुँच नहुँदा समस्या हुने गरेको बताउने कृषकहरु सडक सञ्जाल जोडीएपछि तरकारी बाहिरी जिल्ला निर्यात गर्न सफल समेत भएका छन् ।
आफूहरुले तरकारी उत्पादन गर्न थालेपछी यो बर्ष मात्र मुगु बाट ३ ट्रक बन्दा गोबी तरकारी बाहिरी जिल्ला निर्यात गरेको छायाँनाथ रारा नगरपालिका वडा नम्बर ५ का कृषक बालचन्द्र कार्कीले बताउनुभयो ।
उहाँले तरकारी उत्पादनबाट एउटा कृषकले वार्षिक कम्तिमा ३ देखि ४ लाख रुपैयाँ सम्म कमाउन सफल भएको बताउनुभयो । कृषकहरुले प्रबिधि तथा बैज्ञानिक तरिका अपनाएर कार्य गरेसँगै तरकारी उत्पादनमा राम्रो परिवर्तन आएको छ ।