‘रेडियोधर्मी पदार्थको नियमनसम्बन्धी विधेयक’ पारित

काठमाण्डौँ, २९ माघ (जागरण) । प्रतिनिधिसभाको आजको बैठकले ‘रेडियोधर्मी पदार्थको नियमनसम्बन्धी विधेयक, २०७६’ पारित गरेको छ ।
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले प्रस्तुत गरेको विधेयकलाई सभाको बहुमतले पारित गरेको हो । त्यसअघि, सांसद खगराज अधिकारी, शेरबहादुर तामाङ र प्रेम सुवालले विधेयकमाथिको छलफलमा भाग लिनुभएको थियो ।


छलफलमा सहभागी सांसदको जिज्ञासाको जवाफ दिँदै मन्त्री पोखरेलले रेडियोधर्मी पदार्थलाई नियमन र व्यवस्थित गर्न अत्यन्त जरुरी भएकाले ऐन ल्याइएको जानकारी दिनुभयो ।