अमेरिकामाथि नेपालको अर्को जीत

काठमाण्डौँ, २९ माघ (जागरण) । आईसीसी विश्वकप क्रिकेट लिग–टू अन्तर्गत नेपालले अमेरिकामाथि कीर्तिमानी जित निकालेको छ ।
त्रिकोणात्मक सिरिजको अन्तिम खेलमा नेपालले अमेरिकालाई आठ विकेटले पराजित गरेको हो । अमेरिकाले दिएको ३६ रनको झिनो लक्ष्य नेपालले ५ दशमलव २ ओभरमै पूरा ग¥यो ।
यो सँगै नेपालले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा तेस्रो सर्वाधिक छिटो लक्ष्य पूरा गर्ने कीर्तिमान बनाएको छ ।
यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको अमेरिका नेपाली बलरसामु निरीह देखिएको थियो । अमेरिकाको पूरै टिम १२ ओभरमै अलआउट भयो ।