बार एशोसियशन दैलेखको अध्यक्षमा माधवराज अधिकारी निर्वाचित

दैलेख, १ फागुन (जागरण) । बार एशोसियशन दैलेखको अध्यक्षमा माधवराज अधिकारी निर्वाचित हुनुभएको छ ।
जम्मा २० मतदाता रहेकोमा १५ जनाले गरेको मतदानमा अधिकारीले १२ मत प्राप्त गर्नुभयो । शिवराज दाहालले ३ मत पाउनुभएको थियोे ।
बार एशोसियशनको १३ सदस्यीय जिल्ला कार्यसम्मतिका अरु पदाधिकारी सर्वसम्मतले चयन हुनुभएको छ ।
सर्वसम्मतिले चयन भएका पदाधिकारीहरुमा उपाध्यक्ष ललितबहादुर थापा, सचिव प्रेमबहादुर थापा, सहसचिव इश्वरकुमार प्याकुरेल र कोषाध्यक्ष टीकाराम थापा हुनुहुन्छ ।
कार्यसम्मतिका सदस्यहरुमा सुरेन्द्रकुमार अधिकारी, ललितबहादुर मल्ल, यामराज थापा, सर्वराज जोशी, टेकबहादुर केसी, हरिबहादुर केसी, दीपेन्द्रबहादुर थापा र दीर्घराज अधिकारी हुनुहुन्छ ।
दीर्घराज अधिकारी केन्द्रीय पार्षद पनि चयन हुनुभएको समाचार दैलेखबाट पत्रकार अमर सुनारले पठाउनुभएको छ ।