कर्णालीका मन्त्रालय नजिक विचौलियाको घेराः रेग्मी (भिडियो सहित)

सुर्खेत, ४ फागुन (जागरण) । कर्णाली प्रदेश सरकार गठन भएको दुई वर्ष पुगिसक्दा सम्म कुनै देखिने खालका उपलव्धी नभएपछि असन्तुष्टी बढेको छ ।
साथै सरकार सञ्चालनका तौरतरिका बारेमा पनि आलोचना हुन थालेको छ । यसअघि केही नागरिकस्तरबाट र प्रतिपक्षी दलहरुले आलोचना गर्ने गरेकोमा पछिल्लो समय सत्तापक्षकै साँसद्हरुसमेत सन्तुष्ट छैनन् ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता तथा कर्णाली प्रदेशसभा सदस्य धर्मराज रेग्मीले प्रदेश सरकार कम्पनी वा क्लव जसरी संचालन भएर परिवर्तन नहुने बताउनुभएको छ । कर्णाली प्रदेशसभाको पाँचौ अधिवेशसनको दोस्रो बैठकमा बोल्दै सांसद रेग्मीले यस्तो बताउनुभएको हो ।
अहिलेसम्म कति प्रतिशत वजेट खर्च भयो भन्ने तथ्यांक नभएपनि पाँच देखि ६ प्रतिशतसम्म खर्च भएको उल्लेख गर्दै उहाँले बजेट कस्तो चिजलाई प्राथामिकतामा राखेर खर्च गर्छाैं भन्ने मुख्य कुरा रहेको बताउनुभयो ।
सांसद रेग्मीले कर्णाली प्रदेश सरकारले मनाएको प्रदेशसभा स्थापना दिवसलाई भोज-भतेरको संज्ञा दिनुभयो । कर्णाली प्रदेशभरमा अघिल्लो आर्थिक वर्षमा एक अर्व भन्दा बढि वजेटको गोष्ठि संचालन गरेको महालेखा परिक्षकको कार्यालयको तथ्यांक उदृत उहाँले गर्नुभएको छ ।
साथै विचौलियाहरु संस्थागत रुपमा मन्त्रालयको वरीपरी रहेका, सरकारले सुर्खेत र दैलेखप्रति केही पुर्वाग्रह राखेजस्तो देखिएको बताउनुभयो । उहाँजस्तै प्रदेशसभा साँसद् ठम्मर विष्टले समेत सरकारका काममा यसअघि देखि आलोचना गर्ने गर्नुभएको छ ।

हेरौँ धर्मराज रेग्मीको यो भनाईः

भ्रष्टाचारको आहालमा डुबेर समृद्धिको यात्रा तय गर्न सकिँदैन: मा. धर्मराज रेग्मी ।

सरकार भनेको कम्पनी प्रा. लि. चलाएजस्तो होइन । भ्रष्टाचारको आहालमा डुबेर समृद्धिको यात्रा तय गर्न सकिँदैन: मा. धर्मराज रेग्मी ।

Gepostet von Deependra oli am Samstag, 15. Februar 2020