सल्यान, ४ फागुन (जागरण) । सल्यानको सिद्धकुमाख गाउँपालिकाका जनप्रतिनिधि र सरोकारवालाले बालबालिकाको पोषण सुधारका लागि सामूहिक प्रतिबद्धता व्यक्त गरेका छन् ।
दुई वर्षमुनिका बालबालिका र आमाको स्वास्थ्यमा सुधार ल्याउने उद्देश्यले गाउँपालिकाले विभिन्न कार्यक्रम सञ्चालन गरी कुपोषण हटाउने अभियान सञ्चालन गर्ने तयारी गरेको छ ।
ढोरचौरमा गरिएको एकीकृत स्वास्थ्य पोषणको दिगोपनासम्बन्धी गोष्ठीमा गाउँपालिका अध्यक्ष चित्रबहादुर चलाउनेले कुपोषण अन्त्य गर्ने गरी अभियान चलाउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
गर्भास्थादेखि नै विशेष ध्यान पु¥याउनुपर्ने भएकाले गर्भवती र शिशुको स्वास्थ्य सुरक्षामा सहयोग पु¥याउने उद्देश्यले उपाध्यक्षलाई पोषण दूत बनाइएको अध्यक्ष चलाउनेले बताउनुभयो ।