फोर्स गाडीको ठक्करबाट एकजनाको मृत्यु, छिन्चु बजार अशान्त

सिपी कार्की ।
सुर्खेत, ७ फागुन (रेडियो भेरीगंगा) । सुर्खेत भेरिगंगा नगरपालिका १२ छिन्चुमा मंगलबार राती फोर्सको ठक्कबाट एकजनाको मृत्यु भएको छ । बा ३ ख ६३५२ नम्बरको फोर्स गाडिले ठक्कर दिँदा भेरीगंगा नगरपालिका ४ का ३२ बर्षिया राजु बोहोराको मृत्यु भएको हो ।


आफ्नो भे ४ प ६३३८ नम्बरको मोटरसाइकल रोकि हिड्ने क्रममा पछाडि बाट आएको फोर्सले ठक्कर दिएपछि उहाँ गम्भीर घाइते हुनुभएको थियो । उपचारका लागि बाँकेको नेपालगञ्ज लैजाने क्रममा उहाँको बाटोमै मृत्यु भएको भएको अस्थायी ट्राफिक पोस्ट छिन्चुले जनाएको छ ।
उहाँको मृत्युसँगै छिन्चु असान्त बनेको छ । चालकलाई कारबाहीको माग गर्दै छिन्चुबाट छुट्ने लामो तथा छोटो दुरीका सवारी साधन स्थानीय चल्न दिएका छैनन् भने बजार पनि पूर्ण रुपमा बन्द भएको छ ।
फोर्स गाडी चालक र साहुँ फरार रहेको प्रहरीले जनाएको छ । उनिहरुको खोजि भइरहेको छ ।