केपिएलमा टिकापुर र धनगढीको विजयी सुरुवात

सुर्खेत, ३ जेठ (जागरण) । आज देखि सुर्खेतको वीरेन्द्रनगरमा शुरु भएको कर्णाली प्रिमियर लिग (केपिएल) क्रिकेट प्रतियोगिताको पहिलो खेलमा टिकापुर किक्रेट क्लब र धनगढी किक्रेड एकेडेमीले विजयी सुरुवात गरेका छन् ।
आज भएको पहिलो खेलमा टिकापुरले भेरीगंगालाई १ सय ९ रनको फराकिलो अन्तरले पराजित गरेको हो । प्राविधिक कारणले आजका दुबै खेल १५ ओभरमा झारिएको थियो । पहिले ब्याटिङ्ग गरेको टिकापुरले १५ ओभरमा ९ विकेट गुमाएर १ सय ४४ रन बनाएको थियो ।
टिकापुरका अजय बिष्टले १२ बलमा १ चौका र ४ छक्काको मदतमा ३४ रन बनाउनुभयो भने अब्बु चन्दले १९ रबि शाहीले १७ रनको योगदान दिनुभयो ।
जबाफी ब्याटीङ्ग थालेको भेरीगंगाले ११ दशमलब ४ ओवरमा सबै विकेट गुमाएर मात्र ३५ रन बनाउन सक्यो ।
भेरीगंगाका लोकेन्द्र बिकले १८ रन बनाउन भयो भने अन्य ब्याटस्मेनले दोहोरो अंक समेत बनाउन सकेन ।
यस्तै, आजै भएको अर्को खेलमा धनगढी एकेडेमीले मध्पश्चिम किक्रेट कल्बलाई ४५ रनले पराजित गरेको छ ।
धनगढीका बिपिन रावलले ३९, बसन्त सिहँ कार्कीले ३२ र सुनिल धमलाको २६ रनको मद्दतले १५६ रनको योगफल तयार पारेको थियो ।
धनगढीले १५ ओभरमा ७ विकेटको क्षेतिमा १ सय ५६ रनको योगफल तयार पारेको थियो । १ सय ५७ रनको लक्ष्य पछ्याएको मध्पश्चिमले ७ विकेटको क्षेतिमा मात्र १ सय १० रन बनाउन सक्यो।
मध्पश्चिमका सुबेन्दु पाण्डेले ४० बलमा ५२ रनको अर्धसतकिय पारी खेले पनी टोलीको हार भने टार्न सक्नुभएन ।
प्रतियोगीताम आज टिकापुर क्लबका अजय बिष्ट र धनगढीका बसन्तसिंह कार्की म्यान अफ द म्याच घोषित हुनुभयो । प्रतियोगितामा भोली तिन खेल हुने आयोजकले जनाएको छ ।
बन्धुविकास बहुउद्देश्यीय सहकारी संस्था सुर्खेतको आयोजना भएको प्रतियोगिता जेठ १२ गतेसम्म संचालन हुनेछ ।
कर्णाली प्रदेशमै पहिलो पटक सर्वाधिक राशिको प्रतियोगिताको विजेताले ३ लाख, उपविजेताले १ लाख ५० हजार रुपैयाँ नगद पुरस्कारसहित ट्रफी पाउनेछन् । प्रत्येक दिन भाग्यमानि एक जना दर्शकले एक हजार पाउने आयोजकले जनाएको छ । प्रतियोगितामा १० टिमको सहभागिता छ ।