स्वास्थ्य चौकी व्यवस्थापन समिति पुनर्गठन गरी अभिमुखिकरण

शंकर केसी ।
सल्यान, ८ फागुन (रेडियो कपुरकोट) । सल्यानको कपुरकोट गाउँपालिकाका सबै स्वास्थ्य चौकीहरुमा व्यवस्थापन समिति पुनर्गठन गरी उनीहरुलाई क्षमता अभिमुखीकरण गरिएको छ ।
गाउँपालिकाले भर्खरै पारित गरेको स्वास्थ्य सेवा ऐनको ब्यवस्था अनुसार ४ वटा स्वास्थ्य चौकीमा स्वास्थ्य संस्था संचालन तथा व्यवस्थापन समिती पुनर्गठन गरिएको हो ।
समितीको संरक्षकमा गाउँपालिका अध्यक्ष र व्यवस्थापक समितिको अध्यक्षमा सम्बन्धीत वडाका वडा अध्यक्ष रहेका स्वास्थ्य शाखाका संयोजक अरुण दाहालले जानकारी दिनुभयो ।
समितीका पदाधिकारीहरुलाई समितीको काम कर्तव्य तथा अधिकारका बारेमा दुई–दुई दिनको अभिमुखिकरण संचालन गरिएको छ ।