प्रधानमन्त्रीको पुस्तक ‘भिजन टू एक्सन’ विमोचन

काठमाडौं, फागुन १० (जागरण) । प्रधानमन्त्री केपी शर्मा ओलीको पुस्तक ‘भिजन टू एक्सन’ विमोचन भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित एक विशेष कार्यक्रममा शतब्दी पुरुषद्वय सत्यमोहन जोशी र माधव घिमिरेले पुस्तक विमोचन गर्नुभएको हो ।

पुस्तकमा समृद्ध नेपाल निर्माणको भिजन र त्यस कामका लागि गरिएको प्रयास समेटिएको छ । प्रधानमन्त्रीको सचिवालयले उहाँको ६९ औं जन्मदिनको अवसर पारेर आज पुस्तक बिमोचन गरेको हो ।

फागुन ११ गते जन्म दिन भएकाले भोली मनाउनुपर्ने भए पनि यस पटक उहाँ जन्मघर तेह्रथुमको आठराई स्थित इवा तीनसल्ले जान लाग्नु भएकाले आजै विमोचन गरिएको सचिवालयले जानकारी दिएको छ ।