एपीएफ चौंथो सुदूरपश्चिम खप्तड गोल्डकपको क्वाटरफाइनलमा

कैलाली, १० फागुन (जागरण) । विभागीय टिम शसस्त्र प्रहरी बल (एपीएफ) क्लब सर्वाधिक धनराशिको चौंथो सुदूरपश्चिम खप्तड गोल्डकपको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
कैलाली हसनपुरस्थित धनगढी रंगशालामा आज भएको खेलमा न्युरोड टिम (एनआरटी) लाई २–१ गोल अन्तरले पराजित गर्दै एपीएफ अन्तिम आठमा पुगेको हो । खेलमा सुरुवाती अग्रता भने एनआरटीले बनाएको थियो । तर, दोस्रो हाफमा एपीएफ खेलमा फर्कियो ।
अब एपीएफले सेमिफाइनल प्रवेशका लागि नेपाल पुलिस क्लबको सामना गर्नेछ । प्रतियोगिता अन्तर्गत भोली नव जन जागृती क्लब सिमरा र मदन भण्डारी स्पोर्ट्स एकेडेमी भिड्नेछन् ।