भेरीमा निःशुल्क स्वास्थ्य शिवीर

सरोज ओली ।
जाजरकोट, १६ फागुन (रेडियो खलङ्गा) । मानसिक स्वास्थ्य समस्या भएका विरामी हरुलाई मध्यनजर गरी संचालन गरिएको निःशुल्क स्वास्थ्य शिविरमा ९१ जनाले मानसिक स्वास्थ्य जाँच गराएका छन् ।
भेरी नगरपालिकामा भएको शिविरमा ५६ महिला र ३५ जना पुरुष रहेको नगर स्वास्थ्य शाखा प्रमुख निशा थापाले जानकारी दिनुभएको छ ।
भेरी नगरपालिकाको आर्थिक सहयोग र समन्वय तथा सि.एम.सी नेपाल शाखा कार्यालय सुर्खेतको सहकार्यमा भएको शिविर सञ्चालन गरिएको हो ।