दैलेख, १७ फागुन (जागरण) । पेट्रोलियम पदार्थ रहेको अनुमान गरिएको दैलेखको पादुका क्षेत्रमा आगामी वर्षको भदौ महिनादेखि ‘ड्रलिङको’ काम गरिने भएको छ ।
दैलेखमा गत कार्तिक महिना देखि शुरु भएको अन्वेषणको काम करिव साढे चार महिनामै सम्पन्न भएकोमा अव सर्भेहरुको विश्लेषण गरिने छ ।
टोलिले चिनमा गएर अहिले सम्म अन्वेषण टोलिले ‘जियोलोजिकल सर्भे, म्याग्नेट टेल्युरिक सर्भे, जिओकेमिकल स्याम्पलिङ्ग र साईस्मिक सर्भे गरी ४ ओटा काम सम्पन्न गरेको छ ।
हालसम्म गरिएको कामबारे निश्कर्ष निकाल्ने र त्यस पछि अर्काे चरणमा गरिने कार्यका लागि कुन ठाउँमा गर्ने भन्ने ठाउँमा एकिन गरिने छ ।
अहिलेको टोलिले निश्कर्ष निकालेको ठाउँमा ‘ड्रलिङको’ काम भने अर्काे टोलिले गर्ने खानी तथा भुगर्भ विभागका अन्वेषण अधिकृत डाक्टर त्रिपाठीले बताउनुभयो ।
पेट्रोलियम पदार्थको अन्वेषणका लागि दैलेखमा रहेको चिनियाँ टोलिले पहिलो चरणको काम सम्पन्न गरेको छ ।
विभिन्न चरणको काम मध्ये अन्वेषणको काम सकियो अव ‘पेट्रोलियम भए नभएको ‘ड्रिलिङ्को’ काम हो । त्यो काम सकियो भने यो ठाउँमा पेट्रोलको ‘भण्डार’ छ भनेर पुष्टि गर्ने डाक्टर त्रिपाठीले बताउनुभयो ।
पहिलो चरणमा टोलिले जिल्लाका भैरवी गाउँपालिका, भगवतिमाई गाउँपालिका, महाँवु गाउँपालिका र डुङ्गेश्वर गाउँपालिका तथा नारायण नगरपालिका, दुल्लु नगरपालिका तथा चामुण्डा बिन्द्रासैनि नगरपालिकाका विभिन्न भागमा आधार बनाई ‘अन्वेषण’ को काम गरेको हो ।