एसीसी इस्टर्न रिजन पुरुष टी–ट्वान्टी क्रिकेटमा नेपालको खराब सुरुवात

काठमाण्डौँ, १७ फागुन (जागरण) । एसीसी इस्टर्न रिजन पुरुष टी–ट्वान्टी कप क्रिकेटको उपाधि जित्ने लक्ष्य लिएको नेपालले खराब सुरुवात गरेको छ ।

थाइल्याण्डको बैंककमा आज भएको पहिलो खेलमा मलेसियासँग २२ रनले पराजित हुँदै नेपालले हारबाट प्रतियोगिताको सुरुवात गरेको हो । मलेसियाले दिएको १ सय ५५ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको नेपालले १९ ओभर ४ बलमा अलआउट हुँदै १ सय ३२ रन मात्र बनाउन सक्यो ।

खराब सुरुवात गरेको नेपालका ब्याट्सम्यान चल्न नसक्दा नेपालले लक्ष्य पुरा हुन सकेन । यस अघि टस जितेर पहिले ब्याटिङ गरेको मलेसियाले २० ओभरमा ६ विकेट गुमाएर १ सय ५४ रन बनाएको थियो ।

नेपालका सन्दीप लामिछानेले ३ विकेट लिनुभयो । यससँगै सन्दीपले टी–ट्वान्टीमा १ सय विकेट लिने पहिलो नेपाली खेलाडीको कीर्तिमान बनाउनुभएको छ । सन्दीपले टी–ट्वान्टीमा १ सय २ विकेट पुरा गर्नुभएको छ ।

 

 

 

 

 

 

फोटोः हाम्रोपात्रो