दैलेख, १७ फागुन (जागरण) । दुई वर्षअघि दैलेखलाई पुर्णखोपयुक्त जिल्ला घोषणा गरिए पनि ६ जना दादुरा रुवेलाबाट संक्रमित बिरामी भेटिएका छन् ।
२०७४ असार ४ गते दैलेखलाई पूर्ण खोपयुक्त घोषणा गरिएको भए पनि नियमित रगत परिक्षणका क्रममा दादुरा रुवेलाबाट संक्रमित बिरामी भेटिएको जनस्वास्थ्य सेवा कार्यालय दैलेखले जनाएको छ ।
स्वास्थ्य कार्यालयले दिएको जानकारीअनुसार सदरमुकाम समेत रहेको नारायण नगरपालिकामा मात्रै ५ जना र भैरवी गाउँपालिकामा १ गरी ६ जना दादुरा रुवेलाका बिरामी भेटिएका हुन् ।
चालु आर्थिक बर्षको साउन यता मात्रै ४ जना बालबालिकामा दादुरा रुवेला ‘पोजेटिभ’ देखिएको जनस्वास्थ्य सेवा कार्यालय दैलेखका प्रमुख धीर प्रसाद रेग्मीले बताउनुभयो ।
उहाँकाअनुसार ‘संक्रमित बिरामीहरुको रगत परिक्षणका लागि काठमाडौँको टेकुस्थित जनस्वास्थ्य प्रयोगशालामा पठाइएको छ ।