वामदेव कमरेडलाई खुलापत्र

आदरणिय वामदेव कमरेड अभिवादन !
म तपाइलाई अन्तर हृदयदेखि यो पत्र लेख्दै छु । बजारमा अहिले तपाइका बारेमा जे हल्ला आएको छ त्यसको ध्यानाकर्षण मलाई पनि भएको छ ।
पहिलो कुरा तपाइको हातमा र काँधमा यति जिम्मेवारी छ कि फुर्सद भन्ने कुरा शब्दकोशमा छैन । संगठन विभागको जिम्मेवारी छ । यसलाई सदुपयोग गर्ने तिर लाग्दा हुन्थ्यो । अर्को कुरा, तपाइले नबुझेको कि मैले नबुझेको यो सरकार पाँच वर्षका लागि स्थिर होइन र ? आलोपालो गर्ने भनेका प्रचण्डले त केपी ओलीलाई समर्थन गरेको धेरै भएको छैन ।


अर्को पनि छ तपाईका साथमा, तपाई गाउँमा जाँदा हिड्दा जनता आफुलाई आफ्ना नेतासंग भेट गर्न चाहन्छन् तर तपाइलाई सुरक्षाको साँघुरो घेराबाट फुत्कन दिदैनन् । जनता भेट्ने घेरा बढाउनुस् । जनताकै माझमा जानुस् र आगामी निर्वाचनमा विजयी भएर आउनुस् । अनि प्रधानमन्त्री कसले छेक्छ तपाइलाई ?
तपाइलाई अर्को सुझाव पनि, केहि गन्ध आएका मान्छेलाई न्वारनको बल लगाएर तिनैलाई दाहिने हात मान्दा पनि तपाइको गति यो भएको हो । कानूनअनुसार हुन्छ भनेर बचाऊ गर्न छोडिदिनुस् ।
हिजो तपाइलाई साथ दिनेले महाधिवेशनमा तपाइको साथ छोडेको याद छ भने तपाई आफु सुरक्षित हुन जे पनि गर्ने, जतापनि उभिने भएकाले नै तपाइलाई अवसरवादीको संज्ञा दिदै छोडेका हुन् ।
अहिले पनि तपाइलाई ठूलो शक्तिशाली भनेर मानिरहेका छैनन् । आफ्नो कित्तामा उभ्याउन सकियो भने बहुमत पुगाउन सजिलो हुन्छ भन्ने मात्र हो । यो बहुमत पुगाउने कार्डमा प्रयोग नहुनुस् । आखिर तपाइले बनाएका अध्यक्षले तपाइलाई देखाउँदै छन् । तपाई नउभियको भए हालका प्रधानमन्त्री न प्रधानमन्त्री नै बन्थे न पार्टी अध्यक्ष । २०५१ सालमा प्रधानमन्त्री गिरिजाप्रसाद सरकारी हेलिकप्टर लगेर चुनाव प्रचारमा लागेका छन् । प्रति घण्टा ४० हजार खर्च लाग्छ भनेको याद छ । तर आज कति हजार घण्टा भयो कामरेड हाम्रा पनि उडेकइ छन् त ?
कमरेड तपाइलाई भेटेर भन्ने इच्छा थियो तर तपाईंसम्म मेरो पहुँच गाह्रो छ र मैले भेट्ने समय मिलाउन सकिन पनि । यो सामाजिक सन्जाल मार्फत छोटो पत्र लेख्दै छु ।
संविधानमा नै नभएको राष्ट्रिय सभाका सदस्य पनि प्रधानमन्त्री हुने व्यवस्था तपाइको लागि मात्र बनाउन खोज्दा तपाई राजनितिक समुन्द्रमा हलुंगो हुनु भएको छ ।
अर्को तपाई अहिले राष्ट्रिय सभामा गएपछि ६ वर्षका लागि जाने हो । अर्को चुनावमा पनि तलबाट पाँच वर्षका लागि चुनाव जितेर आएकाले दावि गर्छन् त्यो बेला प्रधानमन्त्री हुन खोज्नु भएको हो भने पनि तपाई संग ३ वर्ष मात्र बाँकि रहन्छ । त्यसभन्दा तपाई राष्ट्रिय सभामा नजादा नै उपयुक्त हुन्छ । राष्ट्रिय सभामा गएपछि तपाई कि प्रतिनिधि सभाको चुनावमा कि फेरी राजिनामा दिएर चुनावमा जानुपर्छ । त्यसैले तपाई अहिले पार्टिको काममा बिसौँ लाख पार्टी सदस्यता बनाउन लाग्दा हुन्छ । अर्को चुनावमा जनतामा जाने र अर्को निर्वाचनमा विजयी भएर आउँने र प्रधानमन्त्रीको उमेद्वार हुने सजिलो बाटोमा लाग्दा हुन्थ्यो भन्ने मेरो अपेक्षा छ ।
कमरेडलाई कस्तो लाग्यो ? मैले भित्री मनले भनेको हो । तपाइले मान्नैपर्छ भन्ने छैन । तर तपाई खलनायक बनाइएको हेर्न मनले मानेन र यत्ति लेख्ने आँट गरेको हुँ । बरु तपाइले आगामी निर्वाचनको तयारीका लागि के गरेर हुन्छ तयारीमा लागे हुन्छ । आखिर तपाई नेता हो हारे पनि देशको नेतृत्व गर्नु भएको छ । पार्टी एक ढिक्का बनाउन जसरी लाग्नुभयो त्यसरी त्यो पार्टीलाई मलजल गर्नमा लाग्नुस् भन्ने अपेक्षा सहित यो किबोर्डबाट बिदा लिन्छु ।
उही तपाइको भलो चाहने जगतराज उपाध्याय ।

अभिवादन !