कर्णाली प्रदेशसभाको बैठक आज, के-के हुँदैछ ?

सुर्खेत, १८ फागुन (जागरण) । विजनेस नपाएर १५ दिन स्थगित भएको कर्णाली प्रदेश सभाको बैठक आज बस्दैछ ।

पाँचौँ अधिवेशनको तेस्रो वैठक दिउँसो तीन बजे आव्हान गरिएको प्रदेशसभा सचिवालयले जनाएको छ ।

बैठकमा ३ ओटा विद्येयक टेबुल गरिने भएका छन् । बैठकमा लोग सेवा आयोग पहिलो संसोधन विद्येयक, प्रदेश भित्रका राष्ट्रिय वनहरुको संरक्षण र सुव्यस्था गर्ने, पर्यटन सम्बन्धमा बनेका विद्येयक २०७६ टेवुल हुने प्रदेश सभा सचिवालयले बताएको छ ।

प्रदेश सभा सचिव जीवराज बुढाथोकीले दोस्रो वैठकको सुन्ने समयमा सांसदहरुले उठाउनुभएको सार्वजनिक सरोकारका बिषयमा कृषि मन्त्रीले जानकारी दिने कार्यक्रम रहेको जागरणलाई बताउनुभयो ।

यसअघि पाँचौ अधिवेशनको दोस्रो वैठक फागुन ३ गतेको बसेको थियो । वैठकमा प्रदेशको वातावरणका संरक्षणका सम्बन्धमा व्यवस्था गर्न विद्येयक २०७६ टेवुल भएको थियो ।