पाखोबारीमा निर्वाहमूखी खेती रोकी सामूहिक स्याउ खेतीमा सोरुका कृषक

राजकुमार भाम ।
मुगु, १८ फागुन (रेडियो सौर्यदय) । मुगुको सोरु गाउँपालिकाका कृषकले पहिला अरु खेती गर्ने पाखो बारीमा सामूहिक रुपमा व्यवसायिक स्याउ खेती गर्न थालेका छन् । सोरु गाउँपालिका–९ कालै र सिडिगाँउका कृषकहरुको पाखो बारीमा ब्यवसाहिक स्याउ खेती सुरु गरेका हुन् ।
वर्षमा दुई पटक फल्ने अन्य बालीको खेती गर्ने गरिएकोमा ६ महिना पनि पुरै खान नपुग्ने भएपछी अव व्यवसायिक रुपमा स्याउ खेती गर्न थालिएको कालै र सिडि गाँउका कृषकहरुले बताएका छन् ।
कालैगाँउका २ सय २३ र सिडिगाँउका ३६ घरधुरी कृषकले पुर्खौँदेखि पाखो खेती गर्दै आएको १ लाख १४ हजार वर्गमिटर व्यसाहिक स्याउ खेति सुरु गरिएको ठिन्के रुख बुनिभिर फलफुल समितिका अध्यक्ष ज्ञानबहादुर रावलले जानकारी दिनुभयो ।
विश्व खाद्य कार्यक्रमको आर्थिक सहयोगमा ग्रामीण सामुदायिक विकास केन्द्रद्वारा सञ्चालित जलवायु अनुकुलन तथा खाद्य सुरक्षा अन्तर्गत जिवीकोपार्जन कार्यक्रममा आवद्ध भई व्यवसायिक स्याउ खेती गर्न थालिएको छ ।