फागुनदेखि चैतसम्म फुड एण्ड म्यूजिकल फेष्टिवल

सुर्खेत, १८ फागुन (जागरण) । कर्णालीको राजधानी वीरेन्द्रनगर सुर्खेतमा फागुन २८ देखी चैत २ गते सम्म फुड एण्ड म्युजिकल फेष्टिवल हुने भएको छ ।
कर्णालीमा पर्यटन, प्रविधि तथा कृषि विकासमा सघाऊ पु¥याउन रेडपान्डा ग्रुपले फेस्टिवल गर्न लागेको हो ।
अर्गानिक, स्थानिय तथा नयाँ प्रविधिबाट तयार पारिएका खानाको प्रवद्र्धन गर्ने, आन्तरिक तथा बाह्य पर्यटनको संख्या बढाउन फेस्टिवलले योगदान पु¥याउने आयोजकको भनाई छ ।
सुर्खेतमा पहिलो पटक संञ्चालन हुन लागेको फेस्टिभलमा विभिन्न परिकारका खाने कुराका स्टल, खाद्य परिकार, राष्ट्रिय तथा स्थानिय कलाकारको प्रस्तुती पनि रहने छ ।
रेडपान्डा ग्रुपका संयोजक रमेश शाहीले कर्णाली सरकारले घोषणा गरेको ‘यसपाली, घुमौँ कर्णाली’ को नारालाई फुड टुरिजमको माध्यबाट विकास गरिने बताउनुभयो ।