प्रदेश सरकारले विचौलिया पोस्योः साँसद्हरु, सरकार भन्छ, ‘नियन्त्रण हुँदैछ’

सुर्खेत, १८ फागुन (जागरण) । कर्णालीका प्रदेशसभा सदस्यहरुले प्रदेश सरकार विचौलियालाई रोक्न असफल भएको बताएका छन् । प्रदेश सरकारले पटक पटक विचौलियालाई रोक्ने बताइरहेको भए पनि झन उल्टो पोष्ने काममा लागिरहेको उनिहरुले बताए ।

प्रदेशसभा बैठकमा बोल्ने अधिकांश प्रदेशसभा सदस्यहरुले यस्तो बताएका हुन् । सत्ता पक्षकै साँसदहरुले पनि यस्तो बताएका छन् । प्रदेशसभा सदस्य पद्मा खड्काले सरकार अनुदान बाँड्न र मेला महोत्सव गर्नमै सिमीत हुन थालेको बताउनुभयो ।

तर सरकारका भुमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्री विमला केसीले विगत भन्दा अहिले ७५ प्रतिशत विचौलियाहरुलाई रोक्ने प्रयास भएको बताउनुभयो । उहाँले कृषिको अनु्दानमा अनियमितता बढेको विचौलियाको विगविगी बढेको भन्ने प्रदेश सांसदहरुको सवालको जवाफमा यस्तो बताउनुभयो ।

सांसदहरुले कृषि क्षेत्रमा उठाएका सवालहरको जवाफ दिँदै किसान सरकार हातेमालो कार्यक्रममा विचौलियले नछुने गरी सिधै समुदायमा गएको बताउनुभयो ।

अनुदानमा विकृति मौलाएको कुरालाई अहिले एकदमै कम गर्नका लागि कृषि मन्त्रालय लागिपरेको बताउनुभयो । उहाँले आगामी बर्षको बजेट तथा कार्यक्रममा कुनै पनि विचौलिया भित्रीने खालमा कार्यक्रम नलाउनेमा आफुहरु सचेत भएको समेत उल्लेख गर्नुभयो ।

मुख्यमन्त्रीको निर्देशनमा आफुहरु लागिपरेको भन्दै मन्त्री केसिले अहिलेका हरेक कार्यक्रमहरु मापदण्डका आधारमा अघि बढाएकोले आफुले आफ्ना कुनै पनि कार्यकर्तालाई रिजाउने काम नगरेको दावी गर्नुभयो ।

यस्तै आजको प्रदेश सभा वैठकमा प्रदेश सरकारको वन तथा वातावरण संरक्षण विद्येयक २०७६ माथि छलफल समेत भएको थियो । शुन्य समयमा बोल्दै साँसद अम्बरबहादुर थापा र मिनासिंह रखालले दैलेखको नौमुले गाउँपालिकामा असिनाले बालीनालीमा क्षति गरेको प्रति ध्यानाकर्षण गराउनुभएको थियो ।

यस्तै सांसद हिमबहादुर शाहीले पुर्वाधार क्षेत्र विकास कार्यविधि संसोधनका विषयमा टिप्पोणी गर्नुभयो । यस्तै सांसद शोसिला शाहीले ‘अहिले भ्रष्ट्राचार बढेकाले सरकारले त्यो तर्फ ध्यान दिनुपर्नेमा जोड् दिनुभयो । सांसद पद्मा खड्काले प्रदेश राजधानी वीरेन्द्रनगरमा लाग्ने मेलामहोत्सवको बारेमा आफ्नो धारणा राख्नुभयो ।

उहाँले प्रदेश सरकारले बजेट छुट्याएर गरिएका महोत्सवहरु नियमविपरीत गरिएको भन्दै आलोचना व्यक्त गर्नुभयो । प्रदेश सभाको अर्काे वैठक भोली दिउँसो तीन बजे बस्नेछ ।