ट्याक्टर र मोटरसाइकल ठोक्किँदा दुईको मृत्यु, एक गम्भीर

सुर्खेत, १८ फागुन (जागरण) । ट्याक्टर र मोटरसाइकल आपसमा ठोक्किँदा सुर्खेतको वीरेन्द्रनगरमा दुई जनाको मृत्यु भएको छ । एक जना गम्भीर घाइते हुनुभएको छ ।

रत्न राजमार्गअन्तर्गत वीरेन्द्रनगर ८ स्थित दैलेखरोड चाेक नजिक पूर्वबाट पश्चिमतर्फ गुडिरहेको भे ३ प ७४२ नम्बरको माेटरसाईकल र पश्चिमबाट पुर्व गुडिरहेको भे १ त ८१७६ नम्बरको टयाक्टर आपसमा ठाेक्किएका हुन् ।

मृत्युु हुनेमा माेटरसाईकलमा सवार वीरेन्द्रनगर खजुराका यम बहादुर वि. क. र खगेन्द्र वि. क. रहेका छन् ।

माेटरसाईकलमा सवार तीन जनामध्ये कुल बहादुर भनिने तुल बहादुर रामजाली भने गम्भीर घाइते भएकाे प्रहरीले जनाएको छ ।

घाइतेको कालागाउँस्थित प्रदेश अस्पतालमा उपचार भइरहेकाे छ ।

 

ट्याक्टर चालक भेरिगंगा नगरपालिका ५ का २१ वर्षिय गाेपी बुढा र ट्याक्टर जिल्ला प्रहरी कार्यालय सुर्खेतकाे नियन्त्रणमा छन् ।

प्रहरीले शव घटनास्थलबाट उठाई प्रदेश अस्पतालमा राखेकाे छ ।