एनएमबीले हस्तान्तरण गर्‍यो विमितले पाउने रकम

सुर्खेत, १९ फागुन (जागरण) । दुर्घटनामा परी मृत्यु भएका स्वर्गिय दान बहादुर गुरुङ्गको परिवारलाई एनएमबी बैंकले बिमितले पाउने एक लाख ३० हजार रुपैयाँ हस्तान्तरण गरेको छ ।

एनएमबी बैँकको दैलेख शाखामा ‘एनएमबि तलब खाता’ खोली कारोबार गर्नुभएका स्वर्गिय गुरुङ्गको श्रीमती कोपिला गुरुङ्गलाई वीरेन्द्रनगर सुर्खेतस्थित शाखाका प्रमुख मित्रराज प्याकुरेलले रकम हस्तान्तरण गर्नुभएको हो ।

बैँकले शुन्य मौज्दातमै नेपालभरी पैसा झिक्दा अतिरिक्त शुल्क नलाग्ने डिलाइट एटिएमको साथै सात लाखसम्मको दुर्घटना बिमा प्रदान गर्दै आइरहेको छ ।

बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पु¥याउने उद्देश्यले ग्राहकमाझ विभिन्न स्थानमा शाखा, विस्तारित सेवा तथा शाखा रहित बैंकिङ्ग सेवा पुर्‍याउदै आइरहेको छ ।

बैंकले १ सय ६४ शाखा, १ सय ३१ एटिएम, ५ बिस्तारित सेवा मार्फत आफ्ना ग्राहकलाई सेवा प्रदान गर्दै आइरहेको छ ।