कर्णालीमा बालविवाह गर्ने क्रम रोकिएन (अडियो सहित)

सुर्खेत, २७ फागुन (जागरण) । केन्द्र, प्रदेश र स्थानिय तहका सरकारहरुले बालविवाह रोक्ने प्रतिवद्धता जनाएका भए पनि कर्णाली प्रदेशमा बालविवाह गर्ने क्रम रोकिएको छैन ।

कर्णालीमा विभिन्न पाँच वटा स्थानिय तहमा एक वर्षको अवधिमा २६ प्रतिसत बालविवाह भएका पाइएको हो । बालबालिकाको क्षेत्रमा काम गरिरहेको सेभ द चिल्ड्रेनले गरेको अध्ययन अनुसार बालविवाह गर्ने क्रम अझै नरोकिएको पाइएको हो ।

कालिकोटको तिलागुफा नगरपालिका, शुभकालिका गाउँपालिका, दैलेखको गुराँस गाउँपालिका तथा जाजरकोटको छेडागाड नगरपालिका र कुसे गाउँपालिकामा गरिएको अध्ययनअनुसार सन् २०१९ मा २६ प्रतिसत बालविवाह भएको पाइएको हो ।

सेभ द चिल्ड्रेनका अनुसार एक हजार एक सय ८१ वटा विवाह मध्ये तीन सय ११ वटा बालविवाह भएका छन् । अध्ययन गरिएका स्थानियतहहरु मध्ये सवैभन्दा बढी दैलेखको गुराँस गाउँपालिकामा बालविवाह भएका छन् । गुराँसमा २९ प्रतिसत बालविवाह भएको अध्ययनले देखाएको छ ।

थप सुनौँ रेडियोकर्मी कल्पना तिवारीले सेभ द चिल्ड्रेनका बाल संरक्षण व्यवस्थापक डिलबहादुर एडिसँग गरेको यो कुराकानीः