बाल श्रमिकको तथ्याङ्क संकलन हुँदै

मानबहादुर कुँवर ।
जुम्ला, २८ फागुन (जागरण) । जुम्लामा विभिन्न खाले श्रममा लागेका बालबालिकाको तथ्यांक संकलन हुने भएको छ ।
आठ वटै स्थानीय तह, जिल्ला प्रहरी कार्यालय जुम्ला, सामाजिक कार्यालय जुम्ला, अन्य सरकारी तथा गैरसरकारी संघ संस्थाले आज गरेको अन्तक्र्रियाबाट तथ्यांक संकलन गर्ने निर्णय भएको हो ।
पहिलो चरणमा होटल, यातायात तथा घरेलु कामदारका रुपमा रहेका श्रमिक बालबालिकाको तथ्यांक संकलन गरिने र उनिहरुको उद्दार गरिने भएको छ ।
जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रमुख प्रहरी नायव उपरिक्षक (डिएसपी) लालबहादुर धामिले बालबालिकालाई हिंसाबाट जोगाउन तथा उनिहरुलाई श्रम शोषणबाट मुक्त बनाउन तथ्यांक संकलन फलदायी हुने बताउनु भएको छ । यस्तै, बालअधिकार संरक्षणका लागि सबै जुट्नुपर्ने जिल्ला समन्वय समिती जुम्लाका उपप्रमुख कार्मा बुढाले बताउनुभयो ।
सुनौँ बुढाको आवाजः