एसिया इलाभेन र विश्व इलाभेन बीचको प्रतियोगिता स्थगित

काठमाण्डौँ, २९ फागुन (जागरण) । नेपाली क्रिकेट खेलाडी सन्दीप लामिछानेले खेल्ने भनिएको एसिया इलाभेन र विश्व इलाभेन बीचको प्रतियोगिता कोरोना भाइरसको त्रासका कारण स्थगित भएको छ ।

बङ्गलादेश क्रिकेट सङ्घले मार्च २१ र २२ तारिखमा गर्ने भनिएको प्रतियोगिता अर्को सूचना नआउँदासम्मका लागि स्थगित गरिएको छ ।  बङ्गलादेश क्रिकेट बोर्डका अध्यक्ष नाज्मुल हसनले अर्को सूचना नआउँदासम्मका लागि प्रतियोगिता स्थगित भएको बताउनुभयो ।