कर्णालीमा एसईईको तयारी पूरा (अडियो सहित)

सुर्खेत, २९ फागुन (जागरण) । कर्णाली प्रदेशमा आगामी चैत ६ गतेदेखि सुरु हुने माध्यमिक शिक्षा परिक्षा (एसइई) को सम्पूर्ण तयारी पूरा भएको छ ।

कर्णाली प्रदेशको शिक्षा विकास निर्देशनालयका अनुसार यसपाली कर्णालीका ३६ हजार दुई सय ९९ जना विद्यार्थी एसइईमा सहभागी हुनेछन् । जसमध्ये सुर्खेतमा सबैभन्दा बढी ३२ वटा परिक्षा केन्द्रमा आठ हजार सात सय ११ र सबैभन्दा कम डोल्पाबाट सात सय २० जना परीक्षार्थी सहभागी हुने शिक्षा विकास निर्देशनालयका परिक्षा उच्च तथा प्रविधिक शाखा उपसचिव मोतीप्रसाद शर्माले जागरणलाई बताउनुभयो ।

शर्माले भन्नुभयोः

दैलेखमा पाँच हजार पाँच सय ७४, सल्यानमा पाँच हजार एक सय ७८, जाजरकोटमा चार हजार दुई सय ११ र कालिकोटमा तीन हजार नौं सय ४० जना परीक्षार्थी सहभागी हुनेछन् ।

रुकुम (पश्चिम) मा तीन हजार नौं सय १४, जुम्लामा दुई हजार पाँच सय ७३, मुगुमा एक हजार चार सय ४३ र हुम्लामा एक हजार ३७ जना विद्यार्थीले एसइई दिने छन् ।

कर्णाली प्रदेशभर एक सय ७६ वटा परीक्षा केन्द्र रहनेछन् । उहाँका अनुसार अहिले सबै जिल्लामा उतर पुस्तीका पुगिसकेका छन् । परीक्षालाई व्यवस्थित र मयादित बनाउन केन्द्र अध्यक्ष एक सय ७६ जना र साहयक केन्द्र अध्यक्षहरु दुई सय ४२ जना र कार्यसहयोगि, सुरक्षा कर्मी लगायत गरेर पाँच हजार ९ सय ६९ कर्मचारी खटिने शर्माको भनाई छ ।

शर्माले फेरी भन्नुभयोः

परिक्षालाई व्यवस्थित बनाउन केन्द्र र जिल्लालाई गरिर १ करोड ५३ लाख ८३ हजार ३ सय ७ रुपैया बजेट विनियोज गरेको निर्देशनायले जनाएको छ ।