तीन सयभन्दा बढी कृषकहरुलाई व्यवसाय विकास तालिम

सुर्खेत, ४ चैत (जागरण । सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाका कृषकहरुलाई व्यवसाय विकास सम्बन्धी तालिम प्रदान गरिएको छ ।

किसान–२ परियोजनाको सहयोगमा ग्रान्टीहरु मार्फत वीरेन्द्रनगरका विभिन्न वडामा गठन गरिएका कृषक समुहमा आवद्ध तीन सय भन्दा बढी कृषकहरुलाई दुई महिने तालिम प्रदान गरिएको हो ।

तालिम अवधिमा कृषहरुलाई नेपालमा कृषिको अवस्था, कृषि स्रोतको पहिचान, बजारीकरण, बजारमुखी उत्पादन योजना, कृषिमा यान्त्रीकिकरण, व्यवसाय दर्ता, एकिकृत शत्रुजीव व्यवस्थापन लगायतका बिषयमा जानकारी प्रदान गरिएको छ ।

तालिमका केही सहभागिहरु ।

वीरेन्द्रनगर वडा नम्वर २, ९, १०, ११, १२ र १३ मा गरी १४ वटा व्यवसायिक साक्षरता कक्षा मार्फत कृषिकहरुले तालिम प्राप्त गरेका हुन् । परम्परागत रुपमा नै कृषि गर्दै आएको भए पनि व्यववस्थित र व्यवसायिक रुपमा गर्नका लागि तालिमले सहयोग गरेको वीरेन्द्रनगर १३ मा सञ्चालित झरना व्यवसायकि साक्षरता कक्षाका रुद्र बहादुर सलामीले बताउनुभयो ।

लगनशील व्यवसायिक साक्षरता कक्षा बीरेन्द्रनगर ११ का सहभागि गिता कुमारी तिमिल्सेनाले पनि नाफामुलक व्यवसाय गर्नका लागि तालिमले ज्ञान सीप प्रदान गरेको बताउनुभयो ।

तालिम दिइएकामध्ये वीरेन्द्रनगर ११ का वडाअध्यक्ष नन्दलाल शर्माले कृषकहरु व्यवसायिक बन्न चाहने तर आवश्यक जानकारी नहुने गरेकोमा तालिमले धेरै सहयोग गरेको बताउनुभयो ।

परियोजनाका दिवाकर दवाडीले तालिम प्राप्त गरेका सहभागिहरुलाई आगामी दिनमा व्यवसाय विस्तार गर्न र व्यवसाय सुरु गर्नका लागि सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।