एक विद्यालयले अघि बढायो नगरपालिकाभर कोरोनाविरुद्ध अभियान

सुर्खेत, ४ चैत (जागरण) । विश्वलाई नै त्रास फैलाइरहेको कोरोना भाइरसविरुद्ध सुर्खेतको गुर्भाकोट नगरपालिकाका सवै वडामा सचेतना अभियान सञ्चालन गर्न शुरु भएको छ ।

नागरिकस्तरमा सतर्कता अपनाउन सहज होस् भन्ने हेतुले नगरपालिकाका १६ वटै वडामा सञ्चालन गरिने अभियान आजदेखि शुरु भएको हो ।

साहारा इङ्गलिस मिडियम स्कुल गुर्भाकोट नगरपालिका ९ सिमघाटले अभियान शुरु गरेको हो । अभियानको शुरुवात् ९ नम्वर वडाबाट भएको विद्यालयका सञ्चालक हरीलाल खड्काले बताउनुभयो । गुर्भाकोट नगरपालिकामा कोरोना भाइरस विरुद्ध चलेको यो पहिलो अभियान हो ।

अभियानमा कोरोना भाइरस सर्ने माध्यम, कोरोना लक्षणहरु, कोरोनाबाट बच्ने उपायलगायतका विषयमा जानकारी गराउने गरिएको विद्यालयका प्रधानाध्यापक पृथीबहादुर खत्रीले बताउनुभयो ।