कोरोना राेक्न कर्णालीमा भएका पछिल्ला निर्णयहरु

सुर्खेत, ७ चैत (जागरण) । कर्णाली प्रदेश विपद व्यवस्थापन परिषद र कर्णाली प्रदेश विपद व्यवस्थापन कार्यान्वयन समितिले विभिन्न १४ वटा निर्णय गरेका छन् ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा आज बसेको संयुक्त वैठकले १४ वटा निर्णय गरेको हो । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको अध्यक्षतामा भएको बैठकले गरेका निर्णयहरु यस्ता छन्ः

१) कर्णाली प्रदेश प्रवेश गर्ने हवाई तथा स्थल मार्गका नाकाहरुमा उच्च सतर्कता अपनाई त्यस्ता नाकाहरुबाट नेपाली नागरिकहरुलाई मात्र प्रवेश गर्न दिने गरि लक गर्ने । विदेशी नागरिकहरुलाई सम्वन्धित जिल्लाको प्रमुख जिल्ला अधिकारीको अनुमतीले मात्र प्रवेश गर्न दिने व्यवस्था गर्ने । त्यसरी प्रवेश गर्ने व्यक्तिहरुलाई प्रदेशको क्वारेन्टाईनमा कम्तिमा १४ दिन अनिवार्य राख्ने व्यवस्था मिलाउने ।

२) सम्वन्धित जोखिमलाई ध्यानमा राखि अत्याआवश्यक बस्तुहरुको आपूर्ति व्यवस्थालाई सहज तुल्याउने ।

३) स्वास्थ्य सचेतना सम्वन्धि जनहितका सूचना तथा सामग्रीहरु प्रदेश भित्रका सवै एफ एम रेडियो, टि.भि.च्यानल तथा छापा माध्यमहरुलाई प्रयोग गरी प्रसारण गर्ने गराउने साथै सामाजिक संजाल मार्फत् नियमित रुपमा सूचना प्रवाह गर्ने ।

४) तत्काल नेपाली सेनाको सहयोगमा मध्यपश्चिमाञ्चल विश्वविद्यालयमा ६०० वेड र रेडियो नेपालमा ४०० वेड रहने गरि क्वारेन्टाईन स्थापना गर्ने ।

५) सम्भावित संक्रमणको जाखिमबाट सुरक्षीत रहन २५ जना भन्दा बढिको कुनै पनि जमघट गर्न गराउन रोक लगाउने ।

६) कालावजारी, कृत्रिम अभाव श्रृजना गर्ने जो सुकैलाई कानून वमोजिम कडा कारवाही गर्ने ।

७) सिमा जोडिएका नाकाहरुमा सेनिटाईजर, मास्क, थर्मोमिटर गन लगायतका सामग्रीहरुको सहज रुपमा व्यवस्थापन गर्ने कार्यका लागी सामुदायीक संघ संस्था लगायतका सवै पक्षको संयुक्त संलग्नतामा स्वास्थ्य अवस्थाको निगरानी, प्रयोगशाला क्षमता विस्तार गर्ने, संक्रमित देखिएमा प्राथमिक उपचारको तत्काल प्रवन्ध गर्ने, अस्पतालहरुको प्रक्षेपण,आईसोलेसन वार्डहरुको तयारी र क्वारेन्टाईन स्थलहरुको तत्काल चयन गर्ने व्यवस्था गर्ने गराउने ।

८) सुरक्षा निकायको सतर्कता २४ सै घण्टा रहने व्यवस्था गर्ने गराउने ।

९) यातायातका साधनहरु, सवै कार्यालयहरु र सार्वजनिक स्थलहरुको सरसफाईमा विशेष ध्यान दिने ।

१०) बैंक तथा वित्तिय संस्थाहरु, नेपाल सरकारका सेवाग्रहीको बढी चाप हुने कार्यालयहरु विद्युत प्राधिकरण, दूर संचार संस्थान लगायतका कार्यालयहरुमा नेपाल सरकारले गरेका निर्णयहरुलाई कार्यान्वयन गर्न गराउने व्यवस्था मिलाउने ।

११) राती १० बजे देखि विहान ५ बजे सम्म एम्वुलेन्स सेवा, बारुण यन्त्र, सुरक्षा निकायका सवारी साधनहरु, स्वास्थ्य संस्थाका सवारी साधनहरु, शव वाहन, सरकारी निकायका चार पाङ्ग्रे सवारी साधन वाहेक अन्य निजि तथा भाडाका सवारी साधनहरुले सम्वन्धित प्रमुख जिल्ला अधिकारीको अनुमती लिई मात्र चलाउन पाउने व्यवस्था मिलाउने ।

१२) छिमेकी मुलुक भारतमा रहेका कर्णाली प्रदेशका नागरीकहरुलाई छिटोभन्दा छिटो घर फर्कन अनुरोध गर्ने, फर्किएका नागरिकहरुलाई सिमा नाकावाट यातायात प्रवन्ध गरि क्वारेन्टाईनमा राखेर मात्र घरसम्म पुरयाउने व्यवस्था मिलाउने ।

१३) तत्काल विपद व्यवस्थापनका लागि ५० करोडको कोष वनाई सोही कोषवाट नियमानुसार खर्च व्यवस्था मिलाउने

१४) उल्लेखित निर्णयहरु कार्यान्वयन गर्न तपशिलका समितिहरु गठन गर्ने निर्णय गरियो ।

क) उच्च स्तरीय कार्यान्वयन समितिः

मन्त्री सामाजिक विकाश मन्त्रालय संयोजक
सचिव, सवै मन्त्रालय सदस्य
प्रमुख नेपाली सेनाका स्वास्थ्य हेर्ने सदस्य
प्रमुख प्रहरी स्वास्थ्य हेर्ने सदस्य
प्रमुख शसस्त्र प्रहरी स्वास्थ्य हेर्ने सदस्य
प्रमुख राष्टिय अनुसन्धान सदस्य
प्रमुख नेपाल रेडक्रस सोसाईटी सदस्य
प्रमुख उद्योग बाणिज्य संघ सदस्य
प्रमुख कर्णाली स्वास्थ्य विज्ञान प्रतिस्ठान सदस्य
प्रमुख औद्योगिक क्षेत्र सुर्खेत सदस्य

ख) उच्च स्तरीय अनुगमन समिति
मन्त्री आन्तरिक मामीला तथा कानून मन्त्रालय संयोजक
प्रमुख सचिव मुख्यमन्त्री तथा मन्त्री परीषद्को कार्यालय सदस्य
सचिव आन्तरिक मामीला तथा कानून मन्त्रालय सदस्य
प्रमुख पत्रकार महासंघ कर्णाली प्रदेश सदस्य
प्रमुख जिल्ला समन्वय समिति सुर्खेत सदस्य
प्रमुख विरेन्द्रनगर नगरपालिका सदस्य

ग) उच्च स्तरीय आपूर्ति समिति
मन्त्री उद्योग,वन ,पर्यटन तथा वातावरण संयोजक
प्रमुख नेपाल खाद्य संस्थान सुर्खेत सदस्य
प्रमुख नेपाल आयल निगम सुर्खेत सदस्य
प्रमुख नेपाल साल्ट ट्रेडिङ्ग सुर्खेत सदस्य
प्रमुख एयरलाईन्स एसोसियसन,सुर्खेत सदस्य
प्रमुख उद्योग बाणिज्य संघ कर्णाली प्रदेश सदस्य
प्रमुख यातायात व्यवसायी महासंघ सदस्य
प्रमुख उपभोक्ता हकहित संरक्षण मन्च सदस्य

घ) जिल्ला स्तरीय कार्यान्वयन तथा अनुगमन समिति
प्रमुख जिल्ला अधिकारी संयोजक
जिल्ला सुरक्षाका प्रमुखहरु सवै सदस्य
प्रमुख जिल्ला उद्योग बाणिज्य संघ सदस्य
राष्टिय मान्यता प्राप्त दलका प्रमुख सदस्य
प्रमुख जिल्ला समन्वय समिति सदस्य
प्रमुख सम्वन्धित स्थानीय तह सदस्य
प्रमुख नेपाल रेडक्रस सदस्य

ङ) पालिका स्तरीय कार्यान्वयन तथा अनुगमन समिति
प्रमुख स्थानीय तह संयोजक
जिल्ला सुरक्षाका प्रमुखहरु सवै सदस्य
राष्टिय मान्यता प्राप्त दलका प्रमुख सदस्य
वडाध्यक्षहरु सदस्य
प्रमुख नेपाल रेडक्रस सदस्य
प्रमुख प्रशासकीय अधिकृत सदस्य

च) वडा स्तरीय कार्यान्वयन तथा अनुगमन समिति
वडाध्यक्ष संयोजक
वडा सदस्यहरु सदस्य
राष्ट्रिय मान्यता प्राप्त दलका प्रमुख सदस्य
वडा सचिव सदस्य