युवराज भण्डारी ।
हुम्ला, ९ चैत (रेडियो श्रीनगर) । कक्षा सञ्चालन भएको ३ हप्ता पछि कर्णाली प्रदेशका हिमाली जिल्लाका शिक्षक घर फिर्ता भएका छन् । सरकारले शैशिक सस्थाहरु बन्द गर्ने निर्णय गरेपछि हिमाली जिल्लाका शिक्षक आफ्नो घर फिर्ता भएका हुन् ।
हिमाली क्षेत्रका विद्यालय फागुनदेखि नयाँ शैक्षिक सत्र सुरु हुने भएकाले उनीहरु आ–आप्नो अध्ययन गराउने विद्यालयमा उपस्थित भएका थिए ।
सावरी साधनको पहुच नभएका हुम्लाको चंखेली, सर्केगाड, अदानचुली र ताजाकोट गाउँपालिका अन्तरगतका विद्यालयका शिक्षकहरु एक डेढ दिनको पैदल यात्रा हिडेर सावारी साधन भटिने भएकाले यात्रा सुरु गरिसकेका छन् ।
हुम्लाबाट अध्ययनका लागी तराई झरेका विद्यार्थी पनि घर फर्किएका छन् । लामो यात्राका सवारी बन्द हुने भए पछि बिचमै रोकिनुपर्ने हो की भन्ने पनि अर्को चिन्ता रहेको भभिभावकहरुले गुनासो गरेका छन् ।