सजग रहनुहोस् तर त्रसित नहुनुहोस्ः चिकित्सकहरु

सृजना बुढाथोकी ।

सुर्खेत, ९ चैत (जागरण) । नागरिकहरुलाई कारोनाबाट उत्पन्न परिस्थिति प्रति त्रसित नहुन तर सजकता अपनाउन चिकित्सकहरुले सुझाव दिएका छन् ।

कर्णाली प्रदेश अस्पतालमा कार्यरत चिकित्सकहरुले कोरोनाले प्रभावित भएका मुलुकको पछिल्लो आँकडाले ज्येष्ट नागरिकहरुलाई बढि प्रभावित बनाएको उल्लेख गर्दै अरु उमेर समुहका नागरिक भने नजरअन्दाज गर्न नहुने सुझाव दिएका हुन् ।

(डाक्टर के एन पौडेल)

कर्णाली प्रदेश अस्पतालमा कार्यरत कोरोना रोग व्यावस्थापन टिमका संयोजक डाक्टर के.एन. पौडेलले हाल सम्म कोरोनाको प्रभाव नदेखीएको उल्लेख गर्दै सजकता अपनाउन आग्रह गर्नुभयो ।

उहाँले विदेशबाट आएका नेपाली नागरिहरुको विशेष स्वास्थ्य परिक्षण गरिरहेको जानकारी दिनुभएको छ । मौसमी रुघाखोकीका विरामीहरुलाई पनि सर्तक हुन उहाँले आग्रह गर्नुभयो ।

 

कोरोना रोग व्यावस्थापन टिमका सदस्य बालरोग विषेशज्ञ डाक्टर नवराज केसीले जोखीममा सबै नागरिक रहेको भन्दै मुटु र श्वासप्रश्वासका विरामीहरुले विशेष सावधानी अपनाउनुपर्ने सुझाव छ ।

(डाक्टर नवराज केसी)

कोरोनाको संक्रमणबाट बच्न व्यक्तिगत सावधानी नै उत्तम उपाय भएको बताउदै उहाँले व्यक्तिगत तयारी संगै सक्रमणबाट बच्न उच्च सर्तकता अपनाउनु पर्नेमा जोड दिनुभयो ।

कोरोनाको सक्रमणबाट बच्न सरसफाईमा विषेश ध्यान दिनु पर्ने, भिडभाडमा सके सम्म नजाने, जानै परेमा मास्क लगायतका सुरक्षाका साधनहरुको प्रयोग गर्न, रुघाखोकी लागेको अवस्थामा स्वास्थ्य संस्थामा सम्पर्क गर्न चिकित्सकहरुले सुझाव दिएका छन् ।