कोरोनाविरुद्ध कर्णाली सरकारः स्वास्थ्यकर्मी र सुरक्षाकर्मीलाई भत्ता, मन्त्रीहरुको तलव कोषमा

सुर्खेत, १४ चैत (जागरण) । कोभिड-१९ अर्थात् कोरोना भइरस रोकथाम तथा उपचारका लागि कर्णाली प्रदेशका विभिन्न ठाउँमा खटिएका स्वास्थ्यकर्मी र सुरक्षाकर्मीहरुलाई भत्ता दिइने भएको छ ।

कर्णाली प्रदेश सरकारको मन्त्रीपरिषद् बैठकले कोरोना रोकथाम तथा उपचारका लागि सरकारी अस्पताल तथा आसुलेशन कक्ष, हेल्थ डेस्क र क्वारेन्टाइनमा समेत खटिने स्वास्थ्यकर्मी र सुरक्षाकर्मीहरुलाई भत्ता दिने निर्णय गरेको हो । सुरक्षाकर्मीलाई शुरु तलवको ५० प्रतिसत र स्वास्थ्यकर्मीलाई प्रोत्साहतवापत् १०० प्रतिसत भत्ता दिने निर्णय भएको प्रदेश सरकारले जनाएको छ ।

यसैगरी सुर्खेतस्थित प्रदेश अस्पताल जुम्ला स्थित स्वास्थ्य विज्ञान प्रतिष्ठान र रुकुम पश्चिमस्थित चैरजहारी सामुदायिक अस्पताललाई आसुलेशन अस्पतालको रुपमा तोक्ने निर्णय पनि गरिएको छ ।

तीन वटै अस्पताललाई एक एक करोड सहयोग गर्नुका साथै मन्त्रीहरुको संयोजकत्वमा समन्वय तथा परिचालन समिति पनि गठन भएको छ । प्रदेश अस्पतालमा सामाजिक विकास मन्त्री दल रावल, प्रतिष्ठानमा आन्तरिक मामिला तथा कानून मन्त्री नरेश भण्डारी र चौरजहारी सामुदायिक अस्पतालमा भूमी व्यवस्था, कृषि तथा सहकारी मन्त्री विमला केसीलाई जिम्मेवारी दिइएको छ ।

कर्णाली प्रदेश सरकारद्वारा स्थापना गरिएको प्रदेश विपत व्यवस्थापन कोषमा मुख्यमन्त्री तथा सवै मन्त्रिहरुले एक एक महिनाको पारिश्रमिक जम्मा गर्ने र जनप्रतिनिधिहरू, राष्ट्रसेवक, उद्योगी व्यवसायी एवं अन्य इच्छुक व्यक्ति तथा संघसंस्थाहरूलाई कोष वृद्धिको लागि सहयोग गर्न अपिल गर्ने निर्णय भएको छ ।

सरकारका प्रवक्ता एवम् भूमी व्यवस्था, कृषि तथा सहकारी मन्त्री विमला केसीकाअनुसार अत्यावश्यक स्वास्थ्य सामग्री आपुर्तीका लागि नेपाल सरकार समक्ष माग गर्ने, नेपाल सरकारले तत्काल उपलब्ध गराउन नसक्ने भएमा प्रदेश सरकार आफैले खरिद तथा आपुर्ती व्यवस्था मिलाउने निर्णय भएको छ ।

बैठकका निर्णयहरुः