सुर्खेत, १४ चैत (जागरण) । लायन्स क्लब अफ सुर्खेत सेरोफेरोले कोरोना भाइरसको संक्रमणबाट जोगिनको लागि स्वास्थ्यकर्मीलाई ३० वटा पिपिई सेट हस्तान्तरण गरेको छ ।

स्वास्थ्यकर्मीहरुले बिरामी चेकजाँच गर्दा लगाउने पर्सनल प्रोटेक्टिप इकुभ्मेन्ट (पिपिई) सेट भेरीगंगा नगरपालिकाको स्वास्थ्य शाखालाई प्रदान गरिएको क्लवका सचिव भरत देवकोटाले बताउनुभयो । उक्त सामग्री ३० हजार रुपैयाँको छ ।
पिपिई सेट हस्तान्तरण कार्यक्रममा प्रदेश अस्पतालका डाक्टर नवराज केसी, भेरीगंगा स्वास्थ्य शाखाका प्रमुख राजेश बुढा, क्लवका पूर्व अध्यक्ष छविलाल आचार्य द्वितीय उपाध्यक्ष प्रेमकुमार बिसीलगायतको सहभागीता थियो ।
