कविताः बेतार को तार जोडिन्छ

बेतार को तार जोडिन्छ,
मन मिले घर बार जोडीन्छ !
यक तर्फी मायाको वार छोडिन्छ,
लाउ लाउ जस्तो प्यार छोडिन्छ !
मेसो येसरी लाइन्छ कि,
जसरी स्वरमा सास जोडिन्छ !
सबै काम बाल छोडिन्छ,
उनको तालैमा ताल जोडिन्छ !
मेसो येसरी लाइन्छ कि,
जसरी खुकुरिमा धार भरिन्छ !
बेतार को तार जोडिन्छ,
मन मिले घर बार जोडीन्छ !

लेखकः रामकुमार शाही (क्षितिज)