सुर्खेत, १७ चैत (जागरण) । कोरोना भाइरस रोकथाम तथा नियन्त्रण गर्न कर्णाली सरकारले स्थापना गरेको प्रदेश विपद् व्यवस्थापन कोषमा सहयोग रकम थपिने क्रम जारी छ । सहयोग रकम हस्तान्तरणमा बैँक, सहकारी लगायत वित्तिय संस्थाहरु अग्रसर भएका पाइएको छ ।
आज सिटीजन्स् वैंकले ७ लाख, सिद्धार्थ वहुउद्देश्यीय सहकारी संस्था लिमिटेड सुर्खेतले २ लाख, नेपाल मगर संघ जिल्ला समन्वय समिति सुर्खेतले २ लाख, सिद्धार्थ संचार सहकारी संस्था लिमिटेडले ७५ हजार, लगनशील महिला लघुउद्यमी सहकारी संस्था सुर्खेतले ५० हजार र सिद्धार्थ नेशनल एकेडेमीले २५ हजार गरी जम्मा १२ लाख ५० हजार जम्मा भएको छ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको उपस्थितिमा आन्तरिक मामिला तथा कानुन मन्त्री नरेश भण्डारीलाई सहयोग रकमको चेक हस्तान्तरण गरिएका छन् ।