सुर्खेत, १७ चैत (जागरण) । कोरोना भाइरस (कोभिड १९) को रोकथामका लागि मेडिकल सामान कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेत ल्याइएको छ ।
संघिय सरकारले चीनबाट ल्याएका स्वास्थ्य उपकरणहरु नेपाली सेनाको स्काइ ट्रकमार्फत आज सुर्खेत ल्याइएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सुर्खेत पठाएका सामग्रीहरुमा गाउन, एन नाइन्टी फाइभ मास्क, आइआर थर्ममीटर, पञ्जा र सर्जिकल मास्कहरु रहेका छन् ।
स्वास्थ्य उपकरण स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री नवराज रावतले कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री दल रावललाई सुर्खेत विमानस्थलमा हस्तान्तरण गर्नुभएको छ । कोरोना परीक्षण मेसिन भने एक हप्ताभित्रमा सुर्खेत पठाइसक्ने राज्यमन्त्री नवराज रावतले जानकारी दिनुभयो ।