सुर्खेत, ६ जेठ (जागरण) । सुर्खेतकाे वीरेन्द्रनगरमा जारी कर्णालीमै सर्वाधिक पुरस्कार राशीको कर्णाली प्रिमियर लिग (केपिएल) टि–ट्वेण्टी क्रिकेटमा आज दुई खेल हुँदैछन् ।
आजको पहिलो खेलमा अहिले काठमाण्डौ क्रिकेट ट्रेनिङ्ग सेन्टर र रोयल राईजिङ्ग क्रिकेट क्लबबिच खेल भईरहेको छ ।
रोयल राईजिङ्गले अहिले टस जितेर फिल्डिङ्ग रोजेको छ । हिजो मध्यपश्चिमसँग पराजय व्यहोरेको रोयल आज जित निकाल्ने दाउमा छ ।
यसपछि बिहान साढे १० बजे विभागीय टिम त्रिभुवन आर्मी क्लब र महाकालि क्रिकेट क्लबबिच हुनेछ । शुक्रबार टिकापुरसँग हार व्यहोरेको महाकाली आज आफ्नो पहिलो जित दर्ता गर्ने सोचमा मैदान उत्रनेछ । त्यसैगरी हिजो रुपन्देही ११ सँग पराजय व्यहोरेको आर्मी पनि जित निकाल्ने दाउमा छ ।
केपिएलमा देशभरबाट १० टिमको सहभागिता छ । वन्धुविकास सहकारी संस्था लिमिटेड सुर्खेतको आयोजनामा भएको खेल १२ गतेसम्म संचालन हुनेछ ।