सावधानी नअपनाइए अवको समय अझै जोखिमपूर्णः ओली (भिडिओ सहित)

काठमाण्डौँ, २५ चैत (जागरण) । विश्वभर महामारीको रुपमा फैलिएको कोभिड १९ अर्थात् कोरोना भाइरस रोकथाम तथा प्रतिकार्यका सन्दर्भमा प्रधानमन्त्री केपी ओलीले दोस्रो पटक देशबासीको नाममा सम्वोधन गर्नुभएको छ । सम्वोधनका क्रममा ओलीले नेपालमा कोरोना भाइरसको जोखिम उच्च रहेकाले सावधानी अपनाउन आग्रह गर्नुभएको छ ।

प्रधानमन्त्री ओलीले जो जहाँ छन्, त्यहीँ बसे सङ्कटलाई टार्ने सकिने बताउँदै अबको दुई हप्ता अझै चुनौतीपूर्ण रहेकाले कोरोना समुदायमा फैलन सक्ने हुँदा विशेष सचेतता अपनाउन जाेड दिनुभयाे ।

उहाँले दैनिक ज्यालादारी गरेर जीविकाेपार्जन गर्नुपर्ने नागरिकलाई समस्या भए पनि नागरिकको जीवन रक्षाका लागि लकडाउनको विकल्प नभएको बताउनुभयो ।

अभाव र चुनौतीका बाबजुद पनि स्वास्थ्यकर्मी र सुरक्षाकर्मीले गरिरहेको कामको प्रशंसा गर्दै ओलीले नेपालले चालेका कदम विकसित देशको भन्दा प्रभावकारी भएको दाबी गर्नुभयो । प्रधानमन्त्री ओलीले काेरोनाविरुद्ध लड्न सरकारले तीन सूत्रीय विधि अपनाएको बताउनुभयो ।

थप हेर्नुहोस् यो भिडिओमाः