दशरथ रंगशालाको मैदान मर्मत शुरु

काठमाण्डौँ, २६ चैत (जागरण) । दशरथ रंगशालाको मैदानको मर्मत सुरु भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले आजदेखि दशरथ रंगशालाको मैदान बनाउने काम सुरु गरेको हो ।

कोरोना भाईरसको कारण सरकारले लकडाउन घोषणा गरेपछि रोकिएको मैदानको मर्मत कार्य आजदेखि सुरु गरिएको हो । अहिले मैदानमा घाँस काट्ने, सम्याउने, पानी हाल्ने जस्ता काम सुरु गरेको एन्फाले जनाएको छ ।

लामो समय मैदानमा पानी नहाल्दा घाँस मर्ने भएको कारण रंगाशालाकै कर्मचारीले घाँस काट्ने र पानी हाल्ने काम सुरु गरेको एन्फाका अध्यक्ष कर्मा छिरिङ शेर्पाले बताउनुभएको छ ।