स्याकद्वारा सिम्ता र चिङ्गाडलाई सामग्री हस्तान्तरण

सुर्खेत, २९ चैत (जागरण) । कोरोना भाईरस अर्थात (कोभिड–१९) को रोकथाम तथा नियन्त्रणका लागि समाज जागरण केन्द्र (स्याक) नेपालले सुर्खेतका दुई स्थानीयतहलाई कोरोना रोकथामका लागि आवाश्यक सामग्री सहयोग गरेको छ ।

स्याक नेपालले एकद्वार प्रर्णालीमार्फत् सहयोग वितरण गर्नुपर्ने भन्दै सुर्खेतका सिम्ता गाउँपालिका र चिङ्गाड गाउँपालिकालाई सामग्री सहयोग गरेको हो ।

दुवै गाउँपालिकालाई साबुन, सेनिटाइजर, मास्क, स्वास्थ्य सुरक्षा सामग्री (पीपीई)लगायत उपलब्ध गराइएको स्याक नेपालका कार्यकारी निर्देशक टिकाराम आचार्यले जानकारी दिनुभयो ।

आचार्यले सिम्ता गाउँपालिकाका अध्यक्ष कविन्द्रकुमार केसी र चिङ्गाड गाउँपालिका स्वास्थ्य शाखा प्रमुख दिर्घबहादुर बुढामगरलाई आज सहयोग सामग्री हस्तान्तरण गर्नुभएको हो ।