कविताः मेरी प्यारी बहिनी…

लेखकः दीपकिरण आचार्य ।

मेरी सानी बहिनी छिन् चकचकी र चुल्बुली .
मेरो लागि हुन् उनी मायालु र नक्कली ..
असल साथी मेरो हुन् हँसिली र ज्ञानी .
जे भए पनि उनी छिन् रमाइली र सानी ..
बन्दाबन्दीको समएमा खेल्नी र दिन बिताउनी .
मिठो बोली भएकी मेरी सोझी बहिनी ..
कहिलेकाहीं मेरी आमा मसित कराउने .
तिनै आमाबाट मेरी नानीले बचाउने ..
गालामा मलाई माया गर्दा न्यानो लाग्ने कति कति .
राम्री पनि कति लाग्ने हेर्दा मैले जति जति ..
उनले मलाई बाबू भन्छिन मैले उनलाई बुनू .
उनको बोली कति मिठो लाग्छ सुनू सुनू ..
साझापख मसँग हात समाएर घुम्ने .
मेरा सामान लुकाएर उनी धेरै रम्ने ..
सानो गीतार समाएर उनी गीत गाउनी ..
अति धेरै प्यारी छिन् मेरी सुन्दर बहिनी ..
बन्नेछु म उनको असल मार्गदर्शक .
सुख दुख साट्ने कुसल अविभावक ..
लकडाउनले उनीसँग झनै दोस्ती बढ्यो ..
कोरोनाले संसारभरि के के गर्यो गर्यो .
जस्तो सुकै परे पनि गरौँ मिली सामना .
सफल बनोस् जीवन उनको मेरो शुभकामना ..
कोरोनालाई निर्मुल पारौं गर्छु सधैं कामना …

धन्यवाद !