काठमाण्डौँ, ५ वैशाख (जागरण) । नेपालमा एकैदिन १४ जनामा कोरोनाको सङ्क्रमण भएको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज एकैदिन १४ जनामा कोरोना देखिएको जनाएको हो ।
हालको अध्यावधिक विवरण अनुसार कोभिड-१९ को जम्मा पुष्टी भएको संख्या ३० जस मध्ये आज मात्रै १४ जनामा नयाँ पुष्टी भएको छ | जस…
Gepostet von Ministry of Health and Population-Nepal am Freitag, 17. April 2020
योसहित नेपालमा कोरोना सङ्क्रमितको संख्या ३० पुगेको छ । आज उदयपुरमा १२ जना पुरुष र चितवनमा दुई जनामा कोरोना भेटिएको मन्त्रालयले जनाएको छ ।
यसअघि १६ जनामा कोरोनाको संक्रमण रहेको पुष्टी भएकोमा एक जनाबाहेक अरु सवैको उपचार चलिरहेको छ ।