कर्णाली प्रिमियर लिगः आर्मीले निकाल्यो पहिलो जित, रोयल राईजिङ्गको लगातार तेस्रो हार

सुर्खेत, ६ जेठ (जागरण) । सुर्खेतको वीरेन्द्रनगरमा जारी कर्णाली प्रिमियर लिग(केपिएल) टि–२० क्रिकेट प्रतियोगितामा त्रिभुवन आर्मी क्लबले आफ्नो पहिलो जित दर्ता गरेको छ ।
आज भएको खेलमा आर्मीले महाकाली क्रिकेट क्लबलाई ५ विकेटले पराजित गर्दै जितको सुरुवात गरेको हो ।
टस जितेर पहिले ब्याटिङ गरेको महाकालीले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा एक सय २९ रनको योगफल तयार पारेको थियो ।
उसका लागि सुरेन्द्र चन्दले सर्वा्धिक २९, दिपेन्द्र चन्द र प्रकाश सिंहले समान १९ र किरण ठगुन्नाले १६ रनको योगदान दिनुभयो ।
बलिङतर्फ आर्मीका सुशन भारी, विक्रम शोब र हरिकृष्ण झाले समान २/२ तथा जितेन्द्र मुखियाले एक विकेट लिन सफल हुनुभयो ।
महाकालीले दिएको एक सय ३० रनको लक्ष्य आर्मीले १४औं ओभरमा ५ विकेटको नोक्सानीमा पूरा ग¥यो ।
उसका लागि विक्रम शोवले ६ चौका र एक छक्काको मद्दतमा सर्वा्धिक ४१ तथा नरेश बुढाऐरले ३२, अनिल मण्डलले २० र राजु रिजालले १६ रन बनाउनुभयो । आर्मीका कप्तान विनोद भण्डारी र ओपनर सागर पुनले भने खाता खोल्न सक्नुभएन ।
बलिङतर्फ महाकालीका विकास अग्रीले चार ओभरमा एक मेडेन सहित १४ रन मात्र दिएर ३ विकेट लिन सफल हनुभयो ।
उहाँले आफ्नो पहिलो ओभरमै कुनै पनि रन नदिई सागर पुन र विनोद भण्डारीको विकेट लिनुनभएको थियो । त्यसैगरी रविन क्षेत्री र महेन्द्र ठगुन्नाले एक/एक विकेट लिनुभयो ।
खेलको म्यान अफ दि म्याच आर्मीका विक्रम शोब हुनुभयो । प्रतियोगिताको आफ्नो पहिलो खेलमा आर्मी हिजो रुपन्देही–११ सँग पराजित भएको थियो ।
यसअघि आजै भएको खेलमा काठमाण्डौं क्रिकेट ट्रेनिङ्ग सेन्टर रोयल राईजिङ्ग क्लबलाई ८ रनले पराजित गर्दै विजयी भएको छ । यो सँगै रोयल राइजिंगले लगातार तेस्रो पटक हार व्यहोरेको छ ।
टस हारेर पहिले ब्याटिङ गरेको काठमाडौंले निर्धा्रित २० ओभरमा सबै विकेट गुमाएर १ सय ४० रन बनाएको थियो । खराब सुरुवात गरेको काठमाडौंले ३२ रनको स्थितीमा आफ्ना सुरुवाती ५ खेलाडीलाई गुमाएको थियो ।
१ सय ४१ रनको लक्ष्य पछ्याउने क्रममा रोयल राइजिंगले पुरा २० ओभर ब्याटिङ गरेपनि ८ विकेट गुमाएर १ सय ३२ रन मात्रै बनाउन सक्यो । खेलको ‘प्लेयर अफ दि म्याच’ विपिन आचार्य घोषित हुनुभयो ।