कर्णालीमा करिव तीन हजार जनामा परीक्षण

सुर्खेत, ७ वैशाख (जागरण) । कर्णाली प्रदेशमा अहिले सम्म कोरोनाको द्रुत परीक्षण र्‍यापिड टेष्ट विधिबाट करिव तीन हजार जनामा र्‍यापिड टेष्ट भएको छ ।

कोरोनाको त्रासपछि विदेशबाट गाउँ फर्किएका नागरिकहरुमा कोरोना परीक्षणका लागि द्रुत प्रविधि सुरु गरी दुई हजार ८ सय जनामा र्‍यापिड टेष्ट गरिएको हो ।

कर्णाली प्रदेशको स्वास्थ्य निर्देशनालयकाअनुसार सुर्खेतमा सबैभन्दा बढी नौ सय ४८ जनाको र्‍यापिड टेष्ट गरिएको छ । यसैगरी डोल्पामा सवैभन्दा कम पाँच जना, दैलेखमा दुई सय २३ जना, हुम्लामा ८३ जना, कालिकोटमा दुई सय ६ जना, जाजरकोटमा दुई सय ६७ जना र्‍यापिड टेष्ट गरिएको हो ।

स्वास्थ्य निर्देशनालयका निर्देशक रिता भण्डारीकाअनुसार जुम्लामा दुई सय २५ जना, मुगुमा तीनसय चार जना र सल्यानमा पाँच सय १८ जनामा र्‍यापिड टेष्ट गरिएको छ । उहाँले कर्णालीमा र्‍यापिड डाइगोनोष्टिक किटबाट गरिएका परिक्षणको रिपोर्ट भने आउने क्रममा रहेका बताउनुभयो ।

भण्डारीका अनुसार किट अभावका कारण सल्यान र जाजरकोटमा र्‍यापिड टेष्ट रोकिएकोमा आज देखि फेरी सुचारु भएको छ । निर्देशक भण्डारीले आरडिटी विधिबाट भने ३ हजार भन्दा बढीको परिक्षणमा गरिएको छ ।