नेकपा वडा कमिटीले स्थापना गरेको कोषमा एक लाख

सुर्खेत, ८ वैशाख (जागरण) । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) वडा कमिटी वीरेन्द्रनगर १० सुर्खेतले स्थापना गरेको राहत कोषमा एक लाख रुपैयाँ जम्मा भएको छ ।

दैनिक ज्यालादारीमा काम गर्ने तथा अन्य अप्ठ्यारोमा परेकाहरुलाई सहयोग गर्नका लागि सहयोग गर्न कोष तयार गरिएको हो । कोषमा जम्मा भएको रकम वीरेन्द्रनगर नगरपालिका १० नम्वर वडा कार्यालयको समन्वयमा वितरण गर्न शुरु गरिएको नेकपा वडा कमिटीका सचिव निरक ओलीले जानकारी दिनुभयो ।

राहत वितरणको कार्य सरकारसँगको सहकार्यमा एकद्वार प्रणालीमार्फत् गर्ने नीतिअनुसार वडा कार्यालयसँगको समन्वयमा वितरण कार्य अघि बढाइने उहाँको भनाई छ ।