पौषको मध्यतीर चीनको वुहानमा कोरोना भन्ने भाइरस, नयाँ रोग आयो रे चाइनिजहरू त भकाभक मरिरहेका छन् भन्ने खबर सुन्दा हामीलाई खासै चासो भएन । सामान्य जिज्ञासा मात्र राखेर सबै नेपालीहरूले करिब करिब बेवास्ता गरियो । तथापि बिस्तारै अवस्था पेचिलो बन्दै जाँदा कतिपय मानिसले बिस्तारै रासन पानीको अतिरिक्त जोहो गर्न थाले । पछि सरकारले भन्यो, कसैले पनि अतिरिक्त भण्डारण नगर्नुस् है, आवश्यक छैन भनेर । ठिकै हो जस्तो लाग्यो तर अहिले घर परिवारबाट भातको सट्टा गाली खाइँदै छ । खैर केही छैन छरछिमेक छेउछाउसँग अहिलेसम्म सहयोग आदानप्रदान भएकै छ । काम चलेकै छ । चिन्ता छ अवधि अझै लम्बियो भने कसरी पो बाँच्ने होला भनेर । सायद यो तपाइको मनमा पनि लागेकै होला ।
यहाँ सन्दर्भ के भने हामी नेपालीको लागि बन्द, तोडफोड, नारा, जुलुस, जुलुस पनि अझ मसाल लाठी, राँके, सिठ्ठी, आँसी, फरुवा, कोदाले नाँगे, भुतुङ्गे के के हो, के के जुलुस पनि । अनि हत्या, अपहरण, कालाबजारी, खुरापाती, चुक्ली, चाकडी, बहानाबाजी, ठगी, बेईमानी, बलत्कारी, दलाली, कमसिन, घुसजस्ता अनेकौँ शब्द त चिर परिचित मात्र हैन सामान्य नै भए । तर यो लकडाउन भन्ने शब्द चाहिँ पहिलो पटक सुनियो र सुन्दा नसुन्दै कार्यान्वयनमा आइ पो हाल्यो त । कोहिले कार्यालय बन्द, कोहिले यातायात मात्र बन्द, कोहिले ठुला मल स्कुल कलेजहरू मात्र बन्द, कोहि उद्योग कलकारखाना मात्र बन्द, कोहि पहिले झैँ नेपाल बन्द त कोहिले चाहि सरकारले लगाएको कर्फ्यु आदेश अनेकौँ बुझाई अनि वहस र छलफल भए । के हो कस्तो हो भन्दा नभन्दै प्रहरीको लाठा मुङ्ग्रा वर्षन थाली पो हाल्यो । यसको वावजुद अहिले संचार र प्रवृधिसँग नजिकको नाता सम्वन्ध भएका सारा नेपालीले बुझेकी कम्तीमा पनि १. घरभित्र बस २. अर्को व्यक्तिसँग छोइछिटो बार ३. साबुन पानीले हात धोऔँ । यतिसम्म भएपनि बुझेर सरकारको अनुरोध र आफ्नो ज्यानै खतरमा पर्ने भएका कारण घरभित्र धन्न बसिदिए । यहाँ त अमेरीका र युरोपको हबाला दिने नेपाली जनताले यो मानवसमाज जोगाउन का खातीर र सरकारलाई यो लडाइँमा सफल बनाउन अतुलनीय योगदान दिएको हो भन्ने मेरो मत छ । अझै करिब करिव १ महिना नजिक पुग्दा पनि निरन्तर छ । अन्य कुनै कारण यसरी थुनिएको भए यहाँ अधिकारवादीहरूको खेतीपाती निकै फस्टाउने थियो फेरि पनि ।
वास्तवमा सरकार र दैवसँग कसै गरी सकिन्न भनेर बुढापाकाहरू भन्ने गर्दछन् । अर्थात् सरकारले चाह्यो भने जे पनि सम्भव छ । भन्ने अर्थमा यो भनिएको होला जस्तो लाग्छ । सरकार ले १ हप्ता घरभित्र बस भन्यो, ठिक छ । सबका सब काम बन्द गर ! ठिक छ । बाहिर निस्के लाठी खाइन्छ ! ठिक छ । सार्वजनिक मुद्वा लगाइन्छ नि ! ठिक छ, सानोतिनो बिराम रोग भोक पिडा सवै सहेर बस है ठिक छ । अझै बस ! फेरि पनि बस ! सबै ठिक छ । वास्तवमा जनताको हितको लागि यति बोल्ड निर्णय लिएर ठिक समयमा निर्देशन गर्नसक्नु सरकारको अत्ति राम्रो र सबल पक्ष हो । यस्तो अवस्थामा सरकारलाई नागरिकले सहयोग गर्ने हो । सकेसम्म गर्ने हो । बाढी पहिरो र डुबान आउँदा पनि गर्ने हो । भुकम्प आउँदा पनि गर्ने हो, नाकाबन्दी हुँदा पनि गर्ने हो । चुनावमा त झन संसारभरिबाट आएर लागेपुग सम्म गर्ने हो । आज लकडाउन हँुदा पनि र पछि भविष्यमा पनि ,सधैँ सरकारलाई सहयोग गर्ने हो तर, यस्ता महामारी र बन्दाबन्दीमा जनता घरभित्र पुलिस लाएर थुनिसके पछि सरकारले गर्ने के हो ? मैले विगतका बाढी, पहिरो भुकम्प, नाकाबन्दीको कुरा गरिनँ नै र लकडाउनकै अवधिका राष्ट्रिय चर्चाका विषयमा पनि लागिनँ मात्र जनताको दैनिकी व्यवस्थापनको पक्ष बारे कुरा गर्न चाहेको छु । अहिले हामीसँग सबै ठाउँमा स्थानीय तह तथा जन प्रतिनिधी छन्, सबैले आ–आफ्नो वडामा कति जेष्ठ नागरिक कति महिला, बालबालिका, युवा, स्थायी वासिन्दा, अस्थायी तथा भाडावाल, व्यवसायी, कर्मचारी मजदुर आन्तरिक बाहिरका सबै प्रकारको तथ्याङ्क गएको करिब ३ वर्षमा तयार पक्कै पारेको होला; नभए पनि मोटोमोटी तयार पार्ने र आवश्यक बन्दोवस्तको व्यवस्था गर्न सकिन्छ । अहिले खासगरी भारतबाट नेपाल फर्कन चाहने र आफ्नो कार्यक्षेत्रबाट गाँउ घर फर्कन चाहनेको संख्या दिनानुदिन बढिरहेको छ । दुःख पर्दा आफ्ना आमाबुबा, घरपरिवारको सम्झना सबैलाई आउँछ । सम्भव भए मानिस आफैँ घर फर्कन्छ, नभए आफनो गाँउ, देशको नक्सा अनि झण्डा हेरेर भए पनि चित्त बुझाउँछ । यस्तो अवस्थामा हरेक नागरिकले सवै तहका सरकारवाट अविभावकिय भूमिकाको अनुभूती गर्न पाउनु पर्छ । अनि सरकार भएको अनुभूति भएन भने अबिभावक लाई धेरथोरदोष प्रेमपूर्वक आउँन सक्छ , विल्कुल नआओस वाह वाहि मात्र होस भन्ने अपेक्षा गर्नु तेति बैज्ञानिक पनि होईन । आलोचना गरेर थोरै गालि गरेर भएपनि पिरमर्का धोई पखाली गर्छन ,सायद यो स्वभाविकै पनि हो । अनि यस्तो अवस्थामा सरकारले सामान्य आलोचना ग्रहण गर्न त परै जावस् सुझाव समेत स्वीकार गर्न नसक्ने र सामान्य आलोचना अनि सुझाव दिँदा मानिस लाई भित्तामै पु¥याइदिने विरोधीको कित्तामा राखिदिने व्यहोरा देखाउनु कदापी सत्ता र सत्तारुढ पार्टीको हितमा छैन । नेपालमा कम्युनिस्ट पार्टीको आधार भनेको राज्यसत्ता वा सरकारको विरोध अनि भारत र अमेरिकाको विरोधकै जगमा विस्तार भएको हो । एकाएक सत्ताको तावेदारी अनि भारत र अमेरिकाको गुलामीगर्ने मनस्थिति नेपालीमा देखिँदैन । हामीले यो मनोविज्ञानलाई हेक्का राख्नुपर्छ र समय क्रमसँगै यसलाई आवश्यक्ताअनुसार हाम्रो देशको स्वार्थमा मोडनु पनि पर्छ ।
वास्तवमा अहिले कोरोना महामारीको प्रभाव अन्य मुलुकको तुलनामा निकै न्यूनमात्रामा छ । नेपालमा त केवल सामान्य वाछिटा मात्र देखिएको हो । भोलि आँधी बेरीनै आएछ भने पनि थेग्न सक्ने गरी हामीले तयारी गर्नुपर्छ । अहिले केवल ०.१÷२ प्रतिशत मात्र मानिस बाध्यात्मक अवस्थामा सडकमा निस्केकै भरमा र सिमाढोका नक गरेकै भरमा आत्तिएर आरोप प्रतिआरोप अनि सवाल जबाफमा उत्रनु कदापि बुद्धिमानी हुँदै होइन । यो माननीय ज्यू र सम्माननीय ज्यूहरूको लागि सुहाउने कुरा त झन कदापि किमार्थ होइन । वास्तवमा यी सबै अन्तरविरोध, आवेश, विमति, आशा, अपेक्षा, अभाव अनि सम्भावना र चुनौतीहरूलाई अत्यन्त मित्रवत् र कुशल ढँगले सामना गर्नसक्ने व्यक्तिलाई नै चुनेर जनताले पठाइएको पक्कै हो । जिम्मेवारीमा हुनेले आवेशमा आएर र भावनामा बहेर हतारमा प्रतिकृया कदापि दिनु हुदैन । सुझाव सबैको ग्रहण गर्नुपर्छ । भानुभक्तले घाँसीको, पृथ्वीनारायण शाहले विसे नर्गचीको, भारतका पठानहरूले हजामको सुझावलाई सुत्रको रुपमा पालना गरेर सफलता पाएका थिए भने पश्चिम किल्ला काँगडाको लडाइँमा अंग्रेजहरू तोप, गोला, वारुद विरुद्ध गोर्खालि सेना पछाडि हटने अवस्था आएपछि एउटा साधारण महिलाको कडा शब्दवाण र प्रतिकार सहन नसकेर अंग्रेज पछाडि हटेको इतिहास हामी संग छ । अत ः आफ्नो जनता चाहे त्यो जतासुकै भोट हालेकोल वा नहालेको होस्, सम्मान, आदर र अवसर प्रदान गर्नुपर्छ । एउटै पार्टीभित्रको कुरा त गर्नै परेन । अहिलेको अवस्थामा न्यूनतम पनि निम्न आधारभुतकुराहरूमा ध्यान दिन सकेमा कोरोना महामारी व्यवस्थापन र यसपछिको अर्को महामारीकै रुपमा आउने खाध्य संकट,मुद«ा स्फ्रिती, बेरोज गारी व्यापार घाटा, जस्ता विपत्ती को व्यवस्थापन गर्न मात्र होइन यसलाई अवसरको रुपमा रुपान्तरण गर्न हामीलाई खासगरी सरकारलाई सजिलो हुन सक्छकि भन्ने मेरो धारणा छ ।
(क) बाहिर देशबाट आउने नेपालीको हकमा ।
१. भारतमा रहेका नेपालीलाई भारतका बिभिन्न तहका सरकार हरु , नेपाली दुतावास, प्रवासी नेपाली मञ्च, पार्टी पंक्ती, भारतको नेपाली समाज तथा नेपाली मूलका भारतीयहरू विभिन्न संघसंस्थाहरू र व्यक्तिगत रुपमा भएका सम्वन्ध र चिन जान पहिचाको समेत सहयोग लिएर व्यवस्थापन कार्य गर्ने । आपतकालिन अवस्थामा मुलुक फर्काउने समेत अवस्था आएमा सो को तयारीसमेत गर्ने र कम्तिमा सरकारले सम्बोधन गरेको अनुभूति कुनै न कुनै रुपमा गराउने ।
२ यही कोरोना महामारीकै बाहानामा सिमा व्यवस्था निकै कडा पार्ने, मानिसको लागी ओहोरदोहोर गर्न पाउने नाका तोक्ने, आउने जाने सबैको रेकर्ड, विवरण अनलाईन राख्ने र हाललाई अनिवार्य क्वारेन्टायन गर्ने गरेकै भए यसलाई अझ कडाई पार्ने ।
३. भारतबाहेकका अन्य देशमा रहेका नेपाली नागरिकलाईपनि त्यहाँको नागरिकसरह सुविधा दिन कुटनीतिक पहल गर्ने, नेपाली समाज, पार्टी पंक्ति, एन.आर.एन, नेपालसँग आवद्ध भएका अन्तराष्ट्रिय गैह्र सरकारी संस्था लगायतलाई सहयोग गर्न अनुरोध गर्ने र त्यहाँको कुटनीतिक नियोगलाई अत्याधिक परिचालन गर्ने ।
४. विदेशमा रहेका खासगरी खाडी क्षेत्रमा रहेका मजदुरहरूको लागि त्यहाँको सरकारसँग वार्ता गर्ने, तलब, सुविधा, उचित क्षतिपूर्ति तथा बिमाको ग्यारेण्टी गर्न पहल गर्ने, आवश्यक परे आफ्नो देशका नागरिक ल्याउनै पर्छ । आवश्यक तयारीमा रहने र विदेशमा भएकालाई विशेष सम्बोधन गर्ने ।
५. विदेशबाट आएका व्यक्तिहरू ९० प्रतिशत युवा छन् र त्यसको ९० प्रतिशत सिप जानेका छन् । उनीहरूको योग्यता, सिप, लगन, देशप्रतिको माया र उनीहरूको कमाइलाई देशका विभिन्न क्षेत्रमा उपयोग गर्ने । केन्द्रिय सरकार, प्रदेश र स्थानीय सरकारहरूले योजना तर्जुमा गरी महामारीको लग्गतै अबिलम्व घोषणा गर्न तम्तयार भएर बस्ने ।
(ख) देशभित्रको हकमाः
६. सबै स्थानीय तहले यही मौकामा आफ्नो स्थानीय तहका उद्योगी, व्यवसायी, घर धनी, भाडावाल, कर्मचारी, मजदुर, नागरिकको अवस्था वर्ग सबै विवरण तयार पार्ने र महामारी व्यवस्थापनमा उपयोग गर्ने । यसपछि वहालकर व्यवसायकर आयकर लगायतका सरकारका आयश्रोतको पहिचान गर्ने हचुवा नभई बैज्ञानिक तथा प्रगतिशिल कर विधि अवलम्वन गर्ने साथसाथै जनतालाई प्रदान गर्ने अनुदान राहत विमा, सेवा सुविधा लगायत राज्यका सबै आवश्यक कार्यमा उपयोग गर्न सजिलो हुने गरी तथ्याङ्क संकलन गर्ने ।
७. आफ्नो थात थलो छोडेर गएका मानिसहरू खासगरी अहिले समस्या भोगिरहेका मजदुरको हकमा कोठा भए कोठामै नभएकालाई पार्टी प्यालेस, होटल, स्कुल, धर्मशाला, होस्टलमा राखेर भए पनि व्यवस्थापन गर्ने, बाहिर विल्कुल निस्कन निषेध गर्ने । बसेको स्थानको रेर्कड वा अस्थायी परिचय पत्र दिने । कुनै कारणले जानै पर्नै पुष्टि भएमा स्वास्थ्य अवस्था हेरी हरेक जिल्ला सदरमुकाम सम्मको लागि यातायात व्यवस्था सुरक्षा निकायको निगरानीमा व्यवस्था गर्ने ।
८. उपरोक्त मजदुरहरूको हकमा कम्पनी रोजगारदाता वा ठेकेदार कम्पनीको विवरण तयारपारी मजदुर हरुको कहमा लापरवाही गरेको ठहरे निजलाई दण्डीत गर्ने वा क्षतिपूर्ति भराउने लगायतका कारवाही गर्ने गराउने ।
९. देशका सिमा नाका मात्रको पनि कडाइका साथ व्यवस्थापन गर्न सके अबको केही दिनमै कोरोना महामारीबाट हामी सेभ जोनमा पक्कै आउँछौ । अब सुरसक्षित छौँ भन्ने पक्का भएमा सवै भित्री मधेश र उपत्यकाहरु पहिलो चरणमा खोल्ने, पहाडी र हिमाली जिल्ला दोश्रो चरणमा र तराई तथा भारतीय सिमाना जोडिएका जिल्ला तेश्रो चरणमा त्यो पनि अझ बढी सावधानीका साथ भारततर्फको कुनै सम्बन्ध नरहेने गरी खोल्ने । साथै अन्तर जिल्ला आवतजावतसमेत केही समय निगरानीमा राख्ने ।
१०. देशभित्रको अवस्था केही सहज भएपछि भारबाट आउने नागरिकको स्वास्थ्य अवस्था हेरेर मात्र प्रवेश अनुमति दिने वा क्वारेनटायनमा राख्ने । यस अवधिमा हाम्रो देश कम्तिमा पनि ६ महिना देखि १ वर्षसम्म प्रभाावित रहन सक्छ भन्ने हेक्का राखी सबै कार्यक्रम तय गर्ने ।
११. यस अवधिमा बाहिरी देशसँग आयात निर्यात सम्भावना अत्यन्त न्यून रहन्छ अझ खासगरी भारतीय बजारबाट आयात सम्भावना विगतको तुलनामा अत्यन्त न्यून रहन सक्छ । यस अवधिमा सायद भारतले खाद्य फलफुल औषधी लगाएतको निर्यात अनुमति दिने छैन । यस्तो अवस्थामा खाद्य सामाग्रीको अभाव निश्चित छ । अर्थात् भोकमरीसँंगै आर्थिक मन्दी बेरोजगारी भोग्न पर्ने पक्कापक्की छ । तत्कालै सामना गर्नुपर्ने यो अवस्थालाई निजी क्षेत्र सरकार र जनता सबैले हेक्का राख्न जरुरी छ ।
(ग) समाधानका न्यूनतम उपायहरूः
१२. यथासिघ्र उपभोग्य सामग्री उद्योग, आन्तरिक पर्यटन, व्यवसाय, स्थानीय सिप, कला, उत्पादन र अझ खासगरी कृषियोग्य भूमिको लगत तयार पारी भोली बाटै जमिन र हावापानी अनुसारको खाद्यान्न, खेतिपाती सुरु गर्न यसै महिनाबाट अभियानकै रुपमा कदम चाल्ने ।
१२. स्थानीय युवा र जनशक्तिको विवरण तयार पारी विभिन्न मोडलमा निजी, साझेदारी, सहकारी सामुदायिक, कम्पनी, फर्म आदि मोडलमा सबै कृषिजन्य उद्यम संचालनकार्य गर्ने गराउने ।
१३. राज्य मातहतका खाद्य संस्थान, कृषि केन्द्र, कृषिमल बिउ, कृषि सामग्री जस्ता कृषिसँग सम्बन्धित सबै निकाय प्रभावकारी रुपमा जुर्मुराएर उठाउने र सबै स्थानीय तहमा विस्तार गर्ने ।
१३. टिम्वर कर्पोरेशन, जडीबुटी, वैद्यखाना, छाला जुत्ता उद्योग, दुग्घ उद्योग, लगायतका कृषि, वन, टर्पेनटायन, जुट, सुगर, खनिज, मत्य, पशुपालन, फलफुल , जुस, वाईन, फर्निचर लगायत विभिन्न खाले कुटिर उद्योग समेत विस्तार यथासिघ्र गर्ने र स्थानीय घरेलु उत्पादनजन्य उद्योगलाई स्थापना गर्ने , प्रवद्र्धन गर्ने ।
१४. अहिले होम लोन, हाउजिङ्ग, पलटिङ्ग, विलासी सामानको आयात जङ फुड, फेसनका सामान, सजावट सामग्री, हार्डवेयर सामग्रीभन्दा कृषि सामग्री, सञ्चार, प्रविधि, ज्ञान, सिप, कला, पर्यटन, अध्ययन अनुसन्धान लगायतका उत्पादन र रोजगारमुलक कार्यमा बैंक वित्तीय संस्थालाई लक्षीत गरि सुलभ व्याजदरमा लगानी गर्ने नीति अबलम्वन गर्ने ।
१५ विदेशी रक्सी, सुन, फैन्सी कपडा, पेट्रोल गाडी, विदेशी फर्निचर, सजावट तथा फेसनका सामान आइफोन, आईप्याड, ४२ इन्च माथिका टिभी जस्ता अति महंगो अनावश्यक सामान हाल केही वर्षलाई प्रतिबन्द नै लगाउने । यस्को बदलामा कृषि उपकरण र प्रविधिको आयातलाई प्रोत्साहन गर्ने ।
१६ ग्रामिण क्षेत्रमा खोलिने सबै रोजगार र उत्पादनमुलक उद्योग व्यवसायलाई कर छुट र प्रोत्साहन एव पुरुस्कारको व्यवस्था गरी राज्यकै संस्थागत अंगको रुपमा उच्च मनोवलका साथ काम गर्ने गराउने वातावरणको सृजना गर्ने अर्थात् कृषि क्षेत्रमा स्थायी रोजगारीको व्यवस्था गर्ने ।
१७. राष्ट्रिय उद्योगपतिहरूलाई माथि उल्लेख गरिएका उत्पादनलाई प्रशोधन गरी निर्यातजन्य वस्तु उत्पादन गर्न अनिवार्य नीति लागु गर्ने ।
१८. राष्ट्रिय र अन्तरराष्ट्रिय गैह्र सरकारी संस्थालाई केवल उत्पादन र स्वास्थ्य क्षेत्रमा मात्र काम गर्न अनुमति दिने अन्य क्षेत्र पूर्ण रुपमा निषेध गर्ने र देशभर रहेका निर्माण कम्पनीलाई आगामी ५ वर्षसम्म केवल कृषि उत्पादन रोजगार र बाँझो जमिनमा उत्पादन कार्य गरी स्थानीय समुदायलाई हस्तान्तरण विधिको ठेक्का निती अवलम्वन गर्ने । अन्यथा बाँकी बक्यौता असुल उपर गरी हाल लाई लाईसेन्स स्थगन वा खारेज गर्ने ।
१९ पार्टिका सबै तहका कमिटीमा पारिश्रमिकको व्यवस्था गरी उत्पादन यूनिटसमेत पार्टी कमिटीकै हैसियतमा निर्माण गर्ने अथवाहालका कमिटीलाई परिचालन गर्ने । उत्पादन यूनिटकै आधारमा पार्टी कार्यकर्ताको पारिश्रमिक समेत निधारर्ण गर्न आवश्यक गृहकार्य गर्ने ।
२०. पार्टी कमिटीको निर्णयबाट सबै तहका सरकार सञ्चालन गर्ने र उत्पादन यूनिटको आवश्यक्ता अनुसार प्राविधिक योग्यता क्षमता र आवश्यक्ता अनुसार देशभर सरुवा वढुवाको व्यवस्था गर्ने ।
२१. देशभरका सभा सेमिनार हल, पार्टी प्यालेस, विद्यालयहरूमा कृषि तालिम र दक्ष जनशक्ति उत्पादन लगायत इन्टरनेटको देशभर सहज पहुँचका साथ अनलाइन तालिम र शिक्षा प्रदान गर्ने गराउने ।
२२. देशभित्रका सवै जीवन तथा निर्जीवन विमा कम्पनीलाई मर्ज गरी प्रभावकारी रुपमा कृषि विमा, स्वास्थ्य विमा, दुर्घटना तथा जीवन विमा लगायतका गतिविधिहरू विमा कार्यक्रमअन्तरगत अनिवार्य समाबेश गर्ने ।
२३. हाल देशभर ७७ जिल्लामा स्थापना भएका स्वास्थ्य परिक्षण केन्द्र, ल्याब र सवै खालका वार्डहरूलाई स्थायी रुपमा संस्थागत विकास गर्ने । निजी क्षेत्रका शिक्षा र स्वास्थ संस्थालाई कडाईका साथ सरकारी निगरानी र नियन्त्रणमा राख्ने ।
२४. भुमिहिन सुकुम्बासीको वारेमा स्थानीय तहले आ–आफ्नो तहको व्यवस्थापन गर्न सक्षम छन् । जग्गाको वर्गीकरण गरी प्रभावकारी भू–उपयोग नीतिका कार्यक्रमहरू, भूमि सुधार, कृषि, वन, गुठी, औषधी लिमिटेड, उद्योग र निकुञ्जसमेत मिलेर एकिकृत कृषि नीति निर्माण गरी कृर्षी लाई निर्वाहबाट व्यवसायीक रुपान्तरण कार्य गर्ने गराउने ।
यस उप्रान्त धेरै पक्षहरु छन् जो सम्मृद्ध नेपालको निर्माणमा टेवा पुग्ने । आज जनताको अवस्था युवाहरूको अवस्था, देशको अवस्था र भोलि बिहानै आइपर्ने अर्को महामारीको सामना गर्न तत्काल चाल्न पर्ने कदम र गर्नुपर्ने चिन्तनको हकमा मेरो आफ्नो व्यक्तिगत राय यो बन्दाबन्दीभित्र बसेर सोच्दै जाँदा एउटा नागरिकको हैसियतले राखेको छु । यो राय केवल आफ्नो हैसियतले सोचेको र विषयवस्तुको उजागर मात्र गरिएको हो । किनभने कोरोना महामारीको लगत्तै विदेशमा रहेको करिब १ करोड जनसंख्यामध्ये कम्तिमा ५० प्रतिशत जनसंख्या नेपाल भित्रिने सम्भावना छ । अहिले करिब १५ प्रतिशत भित्रिसकेको छ । आज देशभित्रका मजदुरहरूले भोग्न परेको अवस्था पनि उनीहरूले सहजै भुल्ने अवस्थामा छैनन् । आज साग र सिस्नु भएपनि आनन्द मनले आफ्नै गाँउ घरपरिवारको साथ खाने र आफ्नै खेतवारी जोत्ने भावना सबैमा जागेको छ । यसको भरपुर लाभ राज्यले लिन सक्नुपर्छ । नागरिकता सँगै पासपोर्ट बोकेर विदेश जाने मानसिकताभन्दा आफ्नै गाँउ मा केही गर्ने भावनाको राज्यले उच्च सम्मान र कदर गर्न सक्नुपर्छ । अब दलाल ,कमिसनखोर, कालबजारी, हनुमान गिरी, ठगी छलकपट, चाकडी, घुस खोरी, गुण्डागर्दीको उद्यम गर्ने व्यक्ति भन्दा आत्मनिर्भर र स्वाभिमानी व्यक्तिको सम्मान गर्न राज्यले सक्नुपर्छ । राज्यले नगरे समाजले गर्नुपर्छ समाजले गरे राज्यलाई गर्न करै लाग्छ । सक्षम नेतृत्व र सक्षम सरकार भए जनताले पक्कैसरकार लाई पछ्याउँछन नत्र सरकारले नै समाज र जनतालाई पछ्याउन सक्नु पर्छ । सरकारलाई असल सुझाव दिनु र सचेत गराउनु हरेक असल नागरिकको दायित्व र कर्तव्य हो । सरकार मेरो हो , मेरो अविभावक हो सरकार प्रति मेरो आशा छ भरोसा छ र मेरो सरकार र राज्य प्रति धेरै दायित्व पनि छ भन्ने अनुभूति र भावनाको विकास सबै नागरिकले गरुन् । फेरी पनि वर्ष २०७७ को सबैमा शुभकामना । धन्यवाद । नमस्कार !
गुराँस गाउँपालिका ६ दैलेख निवासी लेखक विसी, नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) कर्णाली प्रदेश कमिटी सदस्य हुनुहुन्छ ।
इमेलः bcgtop@gmail.com