‘ई–नबिल कर्पोरेट इन्टरनेट बैंकिङ्ग’ सेवा संचालनमा

काठमाण्डौँ, १८ वैशाख (जागरण) । आफ्ना व्यवसायीक ग्राहकहरुलाई विश्वव्यापी रुपमा फैलिएको कोभिड १९ महामारीको समयमा सुरक्षित कारोबारको सुविधा प्रदान गर्न नविल बैंकले ‘ई–नबिल कर्पोरेट इन्टरनेट बैंकिङ्ग’ सेवा संचालनमा ल्याएको छ ।

ई–नबिल एसएमई, मीड कर्पोरेट तथा ठूला कर्पोरेटहरुलाई प्रदान गरिने इन्टरनेट बैंकिङ्ग सेवा हो । ई–नबिल मार्फत हाम्रा ग्राहकहरुले नबिल बैंकमा खाता भएका आºना ग्राहकहरुलाई स्वयम् नै रकम भुक्तानी गर्न सक्नेछन् ।

साथै ग्राहकहरुले देशका अन्य बैंक तथा वित्तीय संस्थाहरुमा रहेका खातामा पनि सजिलै भुक्तानी गर्नुका साथैे बैंक शाखामा नपुगी आºनै कार्यालयबाट थोक भुक्तानीहरुसमेत गर्न सक्ने नबिल बैंकका प्रमुख कार्यकारी अध्यक्ष, अनिल केशरी शाहले बताउनुभयो ।

ई–नबिल व्यवसायिक ग्राहकवर्गलाई सरल, सहज र छिटो वित्तीय सेवा प्रदान गर्ने उत्कृष्ट प्रणाली भएको बताउँदै उहाँले यस प्रणाली मार्फत ग्राहकवर्गले सजिलै छोटो समयमा स्वयम् नै रकमान्तरण गर्न सक्ने बताउनुभयो ।

निजि क्षेत्रको अग्रणी बैंकको रुपमा परिचित नबिल बैंकका देश भरी १ सय १८ शाखाहरु र १ सय ७५ एटिएम काउण्टरहरु रहेका छन् । नबिल बैंकले नेपाली बैंकिङ्ग क्षेत्रमा नविनतम् सेवाको शुरुवात गर्न अग्रणी भूमिका खेल्नुका साथै यसले नेपालको बैंकिङ्ग विकासको ईतिहासमा कोसेढुङ्गाको रुपमा काम गर्दै आएको छ ।

यसले ग्राहकको सन्तुष्टी सहित आधुनिक बैंकिङ्ग युगको शुरुवात गर्नुका साथै आºनो व्यवसायलाई ग्राहकहरुको उच्च सन्तुष्टी प्रदान गर्ने तर्फ केन्द्रित गरेको छ ।