कर्णाली प्रिमियर लिगः आज दुई खेल हुँदै

सुर्खेत, ७ जेठ (जागरण) । सुर्खेतको वीरेन्द्रनगरमा जारी कर्णाली प्रिमियर लिग (केपिएल) टि–ट्वेण्टी क्रिकेट प्रतियोगितामा आज पनि दुई खेल हुँदैछन् ।
वीरेन्द्रनगरस्थित रंगशालामा हुने खेलमा बिहान ११ बजे एबीसी स्पोर्टस् क्लब र मध्यपश्चिम क्रिकेट क्लबबिच प्रतिस्पर्धा हुँने आयोजक वन्धुविकास सहकारी संस्थाले जनाएको छ ।
दुई खेलबाट एक जित र एक हार व्यहोरेर अंक तालिकाको दोस्रो स्थामा रहेको मध्यपश्चिमसँग एबिसीको यात्रा कठिन हुनेछ । अहिलेसम्म कुनै पनि खेल नजितेको एबिसीलाई यो खेल जित्नैपर्ने दबाब छ ।
यस्तै, आज नै दिउँसो साढे २ बजे हुने अर्को खेलमा रुपन्देही–११ र टिकापुर क्रिकेट क्लबबिच प्रतिस्पर्धा हुनेछ ।
अहिलेसम्म दुई वटा खेल जितेको रुपन्देहीका सामु एक खेल जितेको टिकापुरको प्रतिस्पर्धा रोमाञ्चक हुने अनुमान गरिएको छ ।
गत विहीबार देखि शुरु भएको कर्णालीमै सर्वाधिक पुरस्कार राशीको केपिएल क्रिकेटमा विनोद भण्डारीको कप्तानीमा रहेको नेपाल आर्मी क्लब, शक्ति गौचनको कप्तानीमा रहेको रुपन्देहही–११ सहितका १० टिमको सहभागिता छ ।
प्रतियोगिताको विजेताले ३ लाख, उपविजेताले १ लाख ५० हजार रुपैयाँ नगदसहित ट्रफी पाउनेछन् ।